बुटवल पावर कम्पनीको नाफामा गिरावट

२८ माघ, काठमाडौं । बुटवल पावर कम्पनीको नाफामा गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको दोस्रो त्रैमासिका वित्तीय विवरणअनुसार यस अवधिमा खुद नाफा १७ करोड ८३ लाख रुपैयाँ छ । गत वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा २२ करोड ८७ लाख रुपैयाँ थियो ।

कम्पनीको कुल आम्दानी घट्नु र प्रशासनिक तथा अन्य सञ्चालन खर्च बढ्दा नाफा घटेको हो । कम्पनीले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा विद्युत् बिक्रीवापत ४१ करोड ३९ लाख रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष यस अवधिमा ४३ करोड १५ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

त्यस्तै प्रशासनिक तथा अन्य सञ्चालन खर्च गत वर्षको दोस्रो त्रैमासमा ६ करोड ५९ लाख रुपैयाँ रहेकोमा अहिले ७ करोड ७५ लाख रहेको छ । दोस्रो त्रैमाससम्म कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ २३ पैसा छ । प्रतिसेयर नेटवर्थ २०६ रुपैयाँ ७३ पैसा छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment