एप्पलले ल्यायाे शब्द टाइप गरेकै भरमा फोटो एडिट हुने एआई मोडेल

२७ माघ, काठमाडौँ ।आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मोडेल विकासमा भइरहेको नयाँ नयाँ प्रयासको दौडमा एप्पल कम्पनी पनि देखिएको छ ।

उसले शब्दकै भरमा फोटो एडिट गरिदिने मोडेल विकास गरेको हो । युनिभर्सिटी अफ क्यालिफोर्नियासँगको सहकार्यमा कम्पनीले हालै​ यस्तो मोडेल ल्याएको हो ।

एमएलएलएम गाइडेड इमेज एडिटिङ नाम दिईएको यो मोडेलले शब्दकै भरमा प्रयोगकर्ताले चाहेको जस्तै फोटो एडिट गरिदिन्छ । विशेषगरी यो टुल फोटो क्रपिङ, रिसाइजिङ, रोटेटिङ लगायतमा काममा प्रयोग गर्न सकिने बताइएको छ ।

त्यस्तै ब्राइटनेस एडजस्ट, कलर ब्यालेन्स, कन्ट्रास्ट जस्ता काम पनि यही टुलले गर्न सक्नेछ । यो टुलले कसरी काम गर्छ भन्ने विषय हालै प्रकाशित भएको कन्फेरेन्स पेपरमा उल्लेख गरिएको छ ।

विकास गरिएको यो एआई मोडेलले सबैभन्दा पहिले यो टुलले प्रयोगकर्ताले दिएको प्रम्प्टलाई बुझ्छ ।

त्यसपछि प्रम्प्टका आधारमा फोटो कस्तो हुन सक्छ भन्ने ‘कल्पना’ गर्छ र त्यही अनुरूपको रिजल्ट देखाउँछ । प्रयोगकर्ताले यो टुल प्रयोग गर्नका लागि फोटो अपलोड गरिसकेपछि के परिवर्तन गर्नुपर्ने हो त्यो कुरा स्पष्ट उल्लेख गर्नुपर्ने हुन्छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment