तीन कम्पनीको ५६ लाख ५८ हजार कित्ता बोनस शुक्रबार सूचीकृत

२६ माघ, काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शुक्रवार तीन कम्पनीको ५६ लाख ५८ हजार ४०७ दशमलव ५१ कित्ता बोनस सेयर सूचीकृत भएको छ । हिमालयन डिष्टीलरी लिमिटेडको चुक्ता पुँजीको १० प्रतिशत, स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको १२.३५९ प्रतिशत र सांग्रिला डेभलपमेन्ट बैंकको ५ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।

हिमालयन डिष्टीलरीले पुस २५ गते सम्पन्न वार्षिक साधारण सभाबाट चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने २४ लाख २९ हजार ५६६ दशमलव ६५ कित्ता बोनस सेयर पारित भएको थियो । सोही सेयर शुक्रबार सूचीकृत भएको हो । सभाले पारित गरेको करसहित १५ प्रतिशत नगद लाभांश यसअघि नै वितरण भैसकेको छ ।

यस्तै स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको पुस ४ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको चुक्ता पुँजीको १२.३५९ प्रतिशतले हुन आउने १५ लाख ९५ हजार ४५ कित्ता पन आजै सूचीकृत भएको छ । स्वावलम्बन लघुवित्तले बोनस सेयरको कर प्रयोजनको लागि ०.६५०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

यसैगरी सांग्रिला डेभलपमेन्ट बैंकको मङ्सिर २४ गते सम्पन्न वार्षिक साधारण सभाबाट चुक्ता पुँजीको ५ प्रतिशतले हुन आउने १६ लाख ३३ हजार ७९५ दशमलव ८६ कित्ता बोनस सेयर पनि शुक्रबार नै सूचीकृत भएको छ । सांग्रिला डेभलपमेन्ट बैंकले उक्त सभाले कर प्रयोजनको लागि ०.२६३ प्रतिशत नगद लाभांश पनि पारित गरेको थियो ।

शुक्रबार सूचीकृत भएको तीनओटै कम्पनीको लाभांश बुकक्लोज मितिसम्म कायम सम्बन्धित सेयरधनीको हितग्राही खातामा आएपछि धितोपत्रको दोस्रो बजारमा कारोबार गर्न सक्नेछन् । बुकक्लोज अनुसार हिमालयन डिष्टिलरीको बोनस सेयर पुस १२ गते बिहीबार, स्वावलम्बन लघुवित्तको मङ्सिर २१ गते बिहीबार र सांग्रिला डेभलपमेन्ट बैंकको मङ्सिर १० गते आइतबारसम्म कायम सेयरधनीले मात्र पाउनेछन् ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNews
Comments (0)
Add Comment