चार लाख किमि वारेन्टी भएको उलिङ ईभी कमर्सियल भ्यान सार्वजनिक हुँदै

२६ माघ, काठमाडाैं । सशिला मोटर्सले नेपालमै पहिलोपटक ८ वर्ष वा ४ लाख किमि वारेन्टी भएको उलिङ ईभी कमर्सियल भ्यान सार्वजनिक गर्ने भएको छ ।

त्यसका लागि सशिला मोटर्स प्रालिले विश्वप्रसिद्ध ईभी उत्पादक उलिङ मोटर्स होल्डिङ लिमिटेडसँग नेपालका लागि आधिकारिक वितरकको रूपमा सम्झौता गरेको हो ।

उक्त सम्झौतामा सशिला मोटर्सका प्रबन्ध निर्देशक सन्तोष खतिवडा र उलिङ मोटर्स होल्डिङ लिमिटेडका बोर्ड अध्यक्ष युवान जिजुनले हस्ताक्षर गरेका छन् । सम्झौतासँगै सशिला मोटर्सले आगामी अप्रिलमा नेपाली बजारमा उलिङको ११ सिटर ईभी भ्यानहरू सार्वजनिक गर्ने जानकारी गराएको छ ।

यो सम्झौतासँगै अब सशिला मोटर्स प्रालि उलिङ मोटर्सबाट उत्पादित इलेक्ट्रिक कमर्सियल भ्यान तथा अन्य कमर्सियल गाडीहरूका लागि एक मात्र आधिकारक वितरक बनेको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment