जाजारकोटमा अमेरिकाको १३ लाख ७० हजार डलर सहयोग

२५ माघ, काठमाडौं । जाजरकोटमा गएको विनाशकारी भूकम्पपछिको पुर्नउत्थानका लागि अमेरिकी सरकारले युएसएआईडीमार्फत १३ लाख ७० हजार डलर सहयोगको घोषणा गरेको छ ।

गत कात्तिकमा जाजरकोटमा गएको विनाशकारी भूकम्पपछि पुनरोत्थानको प्रयासमा सहयोग गर्न १३ लाख ७० हजार डलर अर्थात १८ करोड १७ लाख बढी नेपाली रुपैंयाँ सहयोग गर्ने घोषणा गरेको हो ।२०८० कात्तिक १७ गते जाजरकोट र रुकुम पश्चिम जिल्लामा गएको ५.६ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १ सय ५४ जनाको ज्यान गएको थियो ।

साथै सयौँ घाइते भएका थिए । घर तथा भवनहरूमा क्षति पुग्दा व्यापक विस्थापन हुनपुग्यो, अत्यावश्यक सेवाहरूको प्रवाहमा व्यवधान आइपरेको थियो । आश्रय, खाना, सफा पानी तथा स्वास्थ्य सेवाको तत्काल आवश्यकता सिर्जना भएको थियो ।

सेभ द चिल्ड्रेनमार्फत कार्यान्वयन गरिएको युएसएआईडीको सहयोगले भूकम्प प्रभावित समुदायलाई जाडोको सामना गर्न, भूकम्पले गरेको विनाशबाट तङ्ग्रिन र अन्ततः सुरक्षित पुनर्निर्माण गर्न मद्दत दूताबासले जनाएको छ ।

सन् २०१९ देखि युएसएआईडीले कर्णालीमा विपद् जोखिम न्यूनीकरण र उत्थानशीलताका लागि गर्दैआएको २ करोड ३३ लाख डलरभन्दा बढी लगानीका अतिरिक्त प्रदान गरेको थियो । साथै, आगामी महिनाहरूमा दीर्घकालीन पुनरोत्थान, पुनर्निर्माण र पुनर्स्थापना कार्यलाई निरन्तरता दिइने पनि दूताबासले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment