व्यवसायी अरुण चौधरी पक्राउ

१८ माघ, काठमाडाैं । व्यवसायी अरुण चौधरी पक्राउ परेका छन् । बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा सेटिङमा आफ्नो नाममा गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले चौधरीलाई बिहीबार राजधानीको लाजिम्पाटबाट पक्राउ गरेको हो ।

वार्षिक १० लाख जुत्ता उत्पादन गर्ने सर्तमा तत्कालीन ‘च्याम्पियन फूटवेयर लिमिटेड’ खोलेको चौधरी समूहले केही वर्षपछि १० रोपनी जग्गालाई आफ्नो निजी बनाएको बताइन्छ । उक्त जग्गामा हाल चौधरी समूहले चाँदबाग स्कुल सञ्चालन गर्दै आएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment