फेरी चर्चामा आयो एप्पलको कार, कहिले आउँदैछ बजारमा ?

१३ माघ, काठमाडौँ । विश्वको सबैभन्दा प्रतिष्ठित टेक्नोलोजी कम्पनी एप्पलले कार ल्याउने चर्चा फेरी सुरु भएको छ । शताव्दीकै सबैभन्दा बढि हाइप पाएको एप्पलको रहस्यमय अटोमोवाइल प्रोजेक्ट थुप्रै वर्षको मौनतापछि फेरि चर्चामा आएको हो ।

यसलाई चर्चामा ल्याउने काम ब्लुम्बर्गले गत मंगलबार प्रकाशित गरेको समाचारले गरेको हो । जहाँ एप्पल कारको बारेमा नयाँ तथ्य बाहिर ल्याइएको छ ।

ब्लुम्बर्गका अनुसार सुरुवातमा एप्पलले सिधै ‘फुल्ली सेल्फ ड्राइभिङ कार’ बनाउने वा रोवोट्याक्सी बनाउने भनिएको थियो । तर, यसले कहिल्यै वास्तविक आकार पाउन सकेन ।

अब भने एप्पलले ‘हाइवे ड्राइभिङ असिस्ट’ गर्नेसम्मको टेक्नोलोजी प्रयोग गरेर कार बनाउने खवर ब्लुम्बर्गले छापेको छ । व्लुम्बर्गको दावी मान्ने हो भने, एप्पलले सन् २०२८ मा मात्र पहिलो कार उत्पादन गर्नेछ ।

सन् २०१० बाटै काम सुरु गरेको भनिएपनि एप्पलले अहिलेसम्म यसको वास्तविकता बाहिर ल्याएको छैन । एक दशक अघि एप्पलले कार प्रोजेक्ट अगाडि बढाएको भन्दा अहिले ईभीको बजार धेरै विकास भइसकेको छ । ईभी मात्रै बनाउने अमेरिकी कम्पनी टेस्ला विश्वको सबैभन्दा भ्यालुयवल कार ब्राण्ड बनिसकेको छ ।

पछिल्लो समयमा विश्वका प्रायःसबै टेक कम्पनीहरु ईभीको सफ्टवेर र टेक्नोलोजी विकासमा काम गरिरहेका छन् । सोनीले होन्डासँग साझेदारी गरेको छ । गुगलले आफ्नै वेमोले सेल्फ् ड्राइभिङ ट्याक्सी परिक्षण गरिरहेको छ । हुवावे र साओमी जस्ता चिनियाँ टेक कम्पनीहरु पनि ईभीमा धेरै अगाडि बढिसकेका छन् ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment