रेष्टुराँमा एक पटक खाएको बिल १ करोड ४४ लाख रुपैयाँ उठेपछि…

१२ माघ, दुबई । सल्ट बेई नामले चर्चित टर्कीश सेफ तथा उद्यमी नुसरत गोक्सेले सामाजिक सञ्जालमा पोष्ट गरेको एउटा भिडियो हेरेर यतिबेला निटिजन्सहरू अक्क न बक्क भएका छन् । 

भिडियोका अनुसार रेष्टुराँमा एक पटक खाएको बिल १ लाख ८ हजार ५०० डलर अर्थात् १ करोड ४४ लाख नेपाली रुपैयाँभन्दा धेरै उठेको छ । बिल दुबईमा रहेको सल्ट बेईको एउटा रेष्टुराँको हो ।

गएको हप्ता एक समूहले रेष्टुराँमा एकपटकमा खाएको बिलको भिडियो शेयर गर्दै बेईले ‘पैसा आउँछ, पैसा जान्छ’ भनेर लेखेका थिए । बिलमा अर्डर गरिएको खानेकुराका परिकार र पेय सबैको मूल्य छुट्टा छुट्टै दिइएको छ ।

बिलमा टिपबापतको मूल्य पनि दिइएको छ । रेष्टुराँ खान आएकाहरुले अनेकौं परिकार मगाएका थिए । सबैभन्दा छक्क पार्ने कुरा चाँहि टिप हो । टिपबापत मात्रै २४ हजार ५०० डलर अर्थात् झन्डै ३२ लाख ६६ हजार नेपाली भुक्तानी गरिएको छ । बिलमा खानेकुराको मूल्य र कूल रकम यूएईको मुद्रा दिराममा दिइएको छ । यो पोष्ट हेरेर निटिजन्सहरु निकै भड्किएका छन् ।

बिलको तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । रेष्टुराँ महँगो भनेर बढाइचढाई गरेर भनिएको केहीले बताएका छन् । कमेन्टमा केही युजरले खानेकुराको अत्यत्धिक मूल्यप्रति असन्तुष्टी र रिस व्यक्त गरेका छन् । एक पटक खाना खाँदा १ करोड ४४ लाख रुपैयाँ तिर्नु परेको देखेर धेरै जना भड्किएका थिए । टिपको पैसा हेरेर यसलाई धेरैले पैसाको वर्वादी भनेका छन् । सल्ट बेई खाना पकाउँदा नुन छर्किने आफ्नो अनौठो तरिकाका कारण प्रसिद्ध भएका थिए ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment