सुनको मूल्य दुई दिनदेखि स्थिर, मंगलबारको भाउ कति ?

०९ माघ, काठमाडाैं । नेपाली बजारमा सुनको मूल्य दुई दिनदेखि स्थिर रहेको छ । आइतबार प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य मंगलबार पनि सोही भाउमा कारोबार भइरहेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला तेजावी सुन १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, मंगलबार चाँदीको मूल्य भने प्रतितोला २० रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला चाँदी १ हजार ३७० रुपैयाँ तोकिएको छ । चाँदी सोमबार प्रतितोला १ हजार ३९० रुपैयाँ तोकिएको थियो ।

अन्तराष्ट्रिय बजारमा आज प्रतिऔंस सुन २ हजार २७ दशमलव ४ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २२ दशमलव २८ डलरमा कारोबार भइरहेको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarGold & SilvernepalNewsPolitic
Comments (0)
Add Comment