टिभिएस् एन्टर्क एक लाख ग्राहकको मन जित्न सफल, ३ हजार ९९९ को मासिक किस्तामा उपलब्ध

०५ माघ, काठमाडाैं । जगदम्बा मोटर्सले नेपालमा ल्याएको स्कुटर टिभिएस् एनटर्कले १ लाख माइलस्टोन पुरा गर्न सफल भएको छ । बलियो र स्टाइलिश लुक तथा स्मार्ट फिचरले गर्दा टिभिएस् एनटर्कले चाँडै ग्राहकहरूको विश्वास जित्न सफल भएको हो ।

२०१८ मा नेपालमा लन्च भए लगत्तै नेपाली ग्राहकहरूमाझ लोकप्रिय नेपालको पहिलो स्पोर्टी स्मार्ट स्कुटर टिभिएस् एनटर्क १ लाख वटा बिक्री भईसकेको छ ।

स्मार्ट टेक्नोलोजी, दमदार पर्फर्मेन्स र स्पोर्टी डिजाइनले गर्दा टिभिएस एनटर्क ग्राहकहरुको पहिलो रोजाइमा पर्न सफल भएको हो । लन्च भएको छोटो समयमा नै १ लाख टिभिएस् एनटर्कहरु सडकमा गुड्नुले तथा कम्पनीले नियमित आयोजना गर्ने राइडहरुमा हुने उल्लेखनीय सहभागिताले टिभिएस् एनटर्कहरुको बढ्दो लोकप्रियतालाई पुष्टी गरेको छ ।

टिभिएस एक्सपिमा आरटि–एफ्आइ प्रविधी, भोइस कमान्ड, राइड मोड लगायत ६० वटा भन्दा धेरै स्मार्ट कनेक्ट फिचरहरु उपलब्ध छन् । नेपाली बजारमा अत्याधुनिक प्रविधीयुक्त स्कुटरहरु उपलब्ध गराउने टिभिएस् पहिलो कम्पनी हो ।

एनटर्कले नेपालमा १२५ सीसीको स्कुटर बजारमा नयाँ क्याटेगोरी मात्र नथपेर नेपाली ग्राहकहरुको लागि प्रशस्त छनोटका अवसरहरु प्रदान गर्दै विकासको नयाँ युगको सुरुवात गरेको छ । एक लाख स्कुटर बिक्री भएको उपलक्ष्यमा टिभिएस् एनटर्क अहिले ३ हजार ९९९ को मासिक किस्तामा उपलब्ध छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment