शुक्रबार सुन-चाँदीको भाउ स्थिर

२० पुस, काठमाडाैं । साताको अन्तिम कारोबार दिन शुक्रबार सुन-चाँदीको भाउ स्थिर रहेको छ । बिहीबार प्रतितोला १ लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ शुक्रबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला तेजावी सुन १ लाख १८ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार प्रतितोला चाँदी १ हजार ४२० रुपैयाँ तोकिएको छ । अन्तराष्ट्रिय बजारमा बुधबार प्रतिऔंस सुन २ हजार ५४ दशमलव ५४ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २३ दशमलव ०९ डलरमा कारोबार भइरहेको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarGold & SilverhealthnepalNewsPolitic
Comments (0)
Add Comment