टिभिएस आईक्युबको ग्रिन रेभोलुसन राइड सम्पन्न, ४ महिनामा गुड्यो १ लाख किलोमिटर

१८ पुस, काठमाडाैं । नेपालको लागि टिभिएस मोटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्नो नयाँ इलेक्ट्रिक (विद्युतीय) स्कुटर टिभिएस आईक्युबले एक लाख किलोमिटरको यात्रा सम्पन्न गरेको छ ।

टिभिएस आईक्युब कम्पनीले नेपाली बजारमा लन्च गरेको पहिलो इलेक्ट्रिक स्कुटर हो । बेस्ट इन क्लास इन्डुरेन्स (सिंगल चार्जमा नै धेरै भन्दा धेरै माइलेज दिने), राइडिङ कम्फर्ट, इको फ्रेन्डलिनेस, आकर्षक मूल्य जस्ता विशेषताहरुले गर्दा लन्च भएको चार महिनाभन्दा कम समयमा नै टिभिएस आईक्युबले यस उल्लेखनीय उपलब्धि हासिल गर्न सफल भएको हो ।

यस ग्रिन रिभोलुसन राइडमा अन्य पेट्रोल स्कुटर राइडको तुलनामा तीन हजार पाँच सय किलो कम कार्बन डाइअक्साइड उत्पादन भएको भन्दै कम्पनीले जुन लगभग १७५ वटा रुख रोपेको बराबर भएको बताएको छ । साथै, अन्य पेट्रोल स्कुटर राइडको तुलनामा लगभग २५० लिटर कम इन्धन खपत भएको पनि सो कम्पनीले जनाएको छ ।

समग्रमा ग्राहकको इन्धन लागतमा ४।६ लाख रुपैयाँ बचत भएको भन्दै जगदम्बाले सरकारी कोषमा परेको विदेशी मुद्राको भार पनि घटाउन यसले मद्दत पुर्‍याउने बताएको छ । विश्वव्यापी रुपमा टिभिएस आईक्युब दुई लाख २५ हजार घरहरुमा पुगिसकेको कम्पनीको दाबी छ । एक दशमलव २५ बिलियन किलोमिटरभन्दा बढी दूरी गुड्दा टिभिएस आईक्युबले १५ मिलियन लिटर इन्धन बचत गरेको र ४३ हजार ७६५ टन कार्बन उत्सर्जन घटाएको, जुन एक दशमलव ७ मिलियन रुखहरु रोपेको बराबर हुने कम्पनीको भनाई छ ।

स्वदेशमा नै बिजुली उत्पादन गर्ने थोरै देशहरु मध्यमा नेपाल पनि पर्छ । टिभिएस आईक्युबले देशमा नै उत्पादित बिजुलीको प्रयोगलाई प्रोत्साहन गर्दै राष्ट्र निर्माणमा ठूलो योगदान पु¥याउँदै आएको बताएको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthNewsPolitic
Comments (0)
Add Comment