रेकर्ड मूल्यबाट घट्यो सूनको भाउ

१३ पुस, काठमाडाैं । सूनको मूल्य रेकर्ड मूल्यबाट घटेको छ । बिहीबार प्रतितोला १ लाख २२ हजार रुपैयाँ पुगेर रेकर्ड कायम गरेको सूनको मूल्य शुक्रबार १ हजार ३०० रुपैयाँले घटेको हो ।

शुक्रबार प्रतितोला सूनको मूल्य १ लाख २० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तेजावी सूनको मूल्य १ लाख २० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार तेजावी सूनको मूल्य १ लाख २१ हजार ४०० रुपैयाँ तोकिएको थियो । महासंघका अनुसार शुक्रबार प्रतितोला चाँदी १ हजार ४५५ रुपैयाँ तोकिएको छ । बिहीबार चाँदी १ हजार ४९० रुपैयाँ तोकिएको थियो ।

अन्तराष्ट्रिय बजारमा शुक्रबार प्रतिऔंस सुन २ हजार ७० दशमलव २८ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २३ दशमलव ८३ डलरमा कारोबार भइरहेको छ ।



मल्टिमिडिया ग्यालरी

businessGold & SilverhealthNewsPolitic
Comments (0)
Add Comment