सुनको भाउ ऐतिहासिक उचाईमा, एक तोलाको मूल्य एक लाख २२ हजार

१२ पुस, काठमाडाैं । स्थानिय बजारमा सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । बिहीबार सुनको भाउमा प्रतितोला १३ सय रुपैयाँले वृद्धि भएसँगै सुनको भाउले रेकर्ड कायम गरेको हो ।

बिहीबार प्रतितोला छापावाला सुन १ लाख २२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुन १ लाख २० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि छापावाला सुनको भाउले प्रतितोला १ लाख २१ हजार ६०० रुपैयाँ पुगेर रेकर्ड बनाएको थियो ।

अमेरिकाको केन्द्रिय बैंक फेडरल रिजर्भले सन् २०२४ बाट ब्याजदर घटाउने निर्णय गरेसँगै अन्तराष्ट्रिय बजारमा सुनको भाउ बढेकाले नेपाली बजारमा पनि भाउ बढेको नेपाल सून चाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेज रत्न शाक्यले बताए ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला तेजावी सुनको भाउ १ लाख २१ हजार ४०० रुपैयाँ कायम गरिएको छ । बुधबार प्रतितोला तेजावी सुनको भाउ १ लाख २० हजार १०० रुपैयाँ तोकिएको थियो ।

महासंघका अनुसार बिहीबार प्रतितोला चाँदी १ हजार ४९० रुपैयाँ तोकिएको छ । बुधबार चाँदी १ हजार ४७५ रुपैयाँ तोकिएको थियो ।

अन्तराष्ट्रिय बजारमा विहीबार प्रतिऔंस सुन २ हजार ८७ दशमलव ५३ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २४ दशमलव ४४ डलरमा कारोबार भइरहेको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarGold & SilverhealthnepalNewsPolitic
Comments (0)
Add Comment