पिपुल्स इनर्जीले आईपीओ निष्काशन गर्ने, प्रस्ताव पारित गर्न डाक्यो साधारण सभा

०६ पुस, काठमाडाैं । पिपुल्स इनर्जी लिमिटेडले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) निष्काशन गर्ने भएको छ ।

आईपीओ जारी गर्ने प्रस्ताव सहित कम्पनीले पुस २९ गते आइतबार सातौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको कार्यालय परिसर, नयाँ बानेश्वर, काठमाडौँमा बिहान १० बजे भौतिक तथा भर्चुअल माध्यमबाट सभा आह्वान गरिएको छ ।

सभाले साधारण सेयरनिष्काशन गर्नेका साथै सञ्चालक समितिले गरेको निर्णयहरु अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावाहरु पारित गर्नेछ ।

कम्पनीले दोलखा र रामेछाप जिल्लाका विभिन्न भागहरु हुँदै बग्ने खिम्ती खोलामा ४८.८० मेगावाट क्षमताको खिम्ती–२ जलविद्युत आयोजनाको निर्माण गरिरहेको छ । रन अफ रिभरमा आधारित यस आयोजनाको अनुमानित लागत ८ अर्ब ६५ करोड रुपैयाँ छ । आयोजनामा सानिमा बैंकको नेतृत्वमा पचहत्तर प्रतिशत ऋण लगानी रहेको छ । सानिमा बैंकको नेतृत्वमा १० वाणिज्य बैंकले आयोजनामा साढे ६ अर्ब रुपैयाँ लगानी गरेका छन् । बाँकी २५ प्रतिशत लगानी पिपल्स इनर्जीको छ। परियोजनाले वार्षिक छब्बीस करोड युनिट बिजुली उत्पादन गर्नेछ।

यस आयोजनाको यसका अतिरिक्त कम्पनीले युनाइटेड मोदी हाइड्रोपावर लिमिटेड (तल्लो मोदी खोला १ र २ जलविद्युत आयोजना २०.५ मेगावाट) आरएम इन्भनेष्टमेण्ट कम्पनी प्रालि (घुन्सा खोला जलविद्युत आयोजना १५५ मेगावाटमा १ करोड २० लाख रुपैयाँ र पेल्मा खोला जलविद्युत आयोजना ९२ मेगावाटमा ८० लाख रुपैयाँ, रिपू मर्दिनी प्रालि (अप्सुवा खोला जलविद्युत आयोजना ७४.५ मेगावाटमा १ करोड २० लाख रुपैयाँ, जलविद्युत लगानी तथा विकास कम्पनी लगायतका कम्पनीहरुमा सेयर लगानीको प्रकृया अगाडि बढाएको छ ।

इक्रा नेपाल लिमिटेडले पिपल्स इनर्जी लिमिटेडलाई (इक्राएनपी–आईआर)बीबी माइनस निष्कासनकर्ता रेटिङ प्रदान गरेको छ। उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेका मानिन्छन् ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment