नेपाली बजारमा आयो टिभिएस रोनिन ‘मोडर्न–रेट्रो’

०३ पुस, काठमाडौं । दुईपांग्रे तथा तीनपांग्रे सवारी निर्माता कम्पनी टिभिएसको रोनिन ‘मोडर्न–रेट्रो’ मोटरसाइकल नेपाली बजारमा ल्याएको छ। नेपालका लागि टिभिएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपालमा आफ्ना ग्राहकका लागि टिभिएस रोनिन लन्च गर्दै प्रिमियम लाइफ स्टाइल सेग्मेन्टमा प्रवेश गरेको हो।

उक्त मोटरसाइकल नेपालमा सार्वजनिक गर्ने अवसर पारेर ८ जना स्थानीय ब्लगरले ८ दिने यात्रा पनि समापन गरेका जनाइएको छ। उनीहरूले काठमाडौंबाट यात्रा सुरु गरी पोखरा, जोमसोम, लुम्बिनी, सौराहालगायत पहाड, हिमाल र तराईका विभिन्न भूभागमा करिब १ हजार ३०० किलोमिटरको दूरी पार गरेका थिए।

टिभिएस रोनिनलाई स्टाइल, प्रविधि र सवारी अनुभवलाई ध्यानमा राखेर निर्माण गरिएको कम्पनीको दाबी छ। २२५ सिसीको यो मोटरसाइकलको तौल १६० केजी रहेको छ। यसको इन्जिनले २०.४ पिएस पावर उत्पादन गर्नुका साथै १९.९३ एनएम टर्क जेनेरेट गर्छ।

क्लासिक डिजाइन प्याकेज उपलब्ध मोटरसाइकलमा रेन र अर्बन एबिएस मोड उपलब्ध छ। ग्लाइड थ्रु टेक्नोलोजी (जिटिटी) र भ्वाइस र राइड सहायतासहितको स्मार्ट ब्लुटुथ कम्युनिकेसनजस्ता प्राविधिक सुविधा पनि मोटरसाइकलमा रहेको कम्पनीले जनाएको छ।

मोटरसाइकल सार्वजनिक गर्दै प्रिमियम टिभिएस मोटर कम्पनीका बिजनेस हेड विमल सुम्ब्लीले यो मोटरसाइकल अनस्क्रिप्टेड लाइफ स्टाइल राइडरका लागि डिजाइन गरिएको बताए। उनले भने, ‘यसले नेपालका धेरै युवा राइडरलाई आधुनिक रेट्रो मोटरसाइकलको सहज सवारप्रति प्रोत्साहित गर्नेछ भन्ने कुरामा विश्वस्त छौँ।’

पिटी टिभिएस मोटर कम्पनीका अध्यक्ष तथा निर्देशक जे थंगराजनले यो मोटरसाइकलले नेपाली बजारमा बाइकिङ समुदायलाई टिभिएस रोनिनको विशिष्ट डिजाइन, अत्याधुनिक प्रविधि र जडान गरिएका सुविधाको लाभ उठाउने अवसर प्रदान गर्ने लक्ष्य राखेको बताए। उनले भने, ‘यो मोटरसाइकलको लन्चले हाम्रो उत्पादनको दायरा, विशेष गरी आधुनिक रेट्रो क्षेत्रमा, विस्तार गर्ने हाम्रो प्रतिबद्धतालाई जनाउँछ।’

टिभिएस मोटर कम्पनीका कार्यकारी निर्देशक अखिल गुप्ताले यसको डिजाइन र आधुनिक प्रविधिको मिश्रणले नेपालको जीवन्त संस्कृतिलाई प्रतिध्वनि गर्ने बताए।

टिभिएस रोनिन नेपाली बजारमा टिडी संस्करण (ट्रिपल टोन डुअल च्यानल एबिएस)मा उपलब्ध रहेको छ। कम्पनीले नेपाली बजारमा यसको मूल्य ४ लाख ९९ हजार ९०० रुपैयाँ तोकेको छ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment