बलिवुड मुभी ‘सलार’को गीतमा मेनुका पौडेलको स्वर

काठमाडौँ- भारतीय गायन रियालिटी शो ‘इन्डियन आइडल’मा प्रतिस्पर्धी रहेकी गायिका मेनुका पौडेलले बलिवुड मुभी ‘सलार’को गीतमा स्वर दिएकी छन्। आइतबार राती प्रसारित इन्डियन आइडलको एपिसोडमा मेनुकाले नै यो जानकारी गराएकी हुन्।

‘सालार’ फिल्मका संगीतकार रवि बसरुरको संगीतमा आफूले गीत गाउने मौका पाएको उनले टेलिभिजनमा बताएकी छन्। ‘मेरो तर्फबाट निकै राम्रोसँग गाउनेछु,’ यो क्षणलाई आफ्नो ‘टर्निङ प्वाइन्ट’ मानेकी उनले बताएकी छन्।

मेनुकाले इन्डियन आइडलको स्टेजमा यो जानकारी गराएपछि खुशी र सम्मानमा सबै जजले उठेर सम्मान व्यक्त गरेका थिए। मेनुकाले सलारका लागि स्टुडियोमा पुगेर गीत गाउन लागेको भिडियो पनि देखाइएको छ।

जज श्रेया घोषालले मेनुकालाई बधाई दिँदै केजीएफ निर्माता कम्पनीको नयाँ फिल्म ‘सलार’को गीतमा स्वर दिन गाउन पाउनु खुशीको कुरा भएको बताएकी छन्।

मेनुकाले इन्डियन आइडलमा पछिल्लो समय उत्कृष्ट प्रस्तुति दिइरहेकी छन्।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment