नेपाल वेयर हाउजिङ्गको आईपीओ बुधबार बाँडफाँड हुने

१९ मंसिर, काठमाडाैं । नेपाल वेयर हाउजिङ्ग कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेका आईपीओ मङिसर २० गते बुधबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक हिमालयन क्यापिटलका अनुसार नेपाल वेयर हाउजिङ्ग कम्पनीको आईपीओ बुधबार बिहान १० बजे बाँडफाँड गर्ने जनाएको हो ।

नेपाल वेयर हाउजिङ्ग कम्पनीले मङ्सिर १० देखि मङ्सिर १३ गतेसम्म सर्वसाधारणलाई ११ लाख ४१ हजार २५० कित्ता सेयर आईपीओ निष्काशन गरेको थियो । धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम कम्पनीको आईपीओ १ लाख १४ हजार १२५ जनाले मात्र गोलाप्रथाबाट १० कित्ता सेयर हात पार्नेछन् । अन्तिम दिनसम्मको तथ्याङ्क अनुसार कम्पनीको आईपीओमा आवेदन दिएका कुल आवेदन दिएका ११ लाख ४४ हजार भन्दा धेरै आवेदकको हात खाली हुने देखिएको छ ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार कम्पनीको आईपीओ खरिदका लागि कुल १२ लाख ५८ हजार ४१७ वटा आवेदन परेको छ । कम्पनीको सेयर खरिदका लागि १ करोड ३६ लाख ५० हजार १० कित्ता सेयर माग गरिएको छ ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजीको २० प्रतिशतका दरले हुन आउने १३ करोड ७५ लाख रुपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो । सोमध्ये कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १ लाख ३७ हजार ५०० कित्ता सेयर निष्कासन गरेको थियो। त्यसैगरी, कम्पनीले कुल निष्कासनको २ प्रतिशत अर्थात २७ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ६८ हजार ७५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ ।

नेपाल वेयरहाउजिङ्ग नेपालमै पहिलो पटक आधुनिक कृषि उत्पादनलाई सहज र सुरक्षित तवरले दिर्घकालिन रुपमा भण्डारण सेवा प्रदान गर्ने, कृषिजन्य उत्पादनहरुको लिलाम बढाबढ तथा वेयरहाउस रिसिप्ट फाईनान्सिङ्गमा समन्वय गर्ने उद्देश्यले स्थापित कम्पनी हो ।

नेपालमा नेपालको औद्योगिकीकरण र व्यापार प्रवद्र्धनमा उल्लेखनीय योगदान पु¥याउँदै आईरहेका प्रख्यात व्यवसायिक घरानाहरु र विभिन्न प्रतिष्ठित संगठित संस्थाहरुको लगानी रहेको छ ।

कम्पनीको साधारण लगानी फिर्ता हुने अवधि ९.२९ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १३.६५ वर्ष रहेको छ । गत असार मसान्तसम्म कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ८ रुपैयाँ ८७ पैसा ऋणात्मक छ भने प्रतिसेयर नेटवर्थ ८५ रुपैयाँ ५५ पैसा छ । कम्पनीको सञ्चित नोक्सानी ७ करोड ९४ लाख ९७ हजार रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षमा कम्पनीले वार्षिक प्रतिसेयर आम्दानी ५.५२ रुपैयाँ आम्दानी गर्ने प्रक्षेपण गरेको छ । आगामी आर्थिक वर्षमा प्रतिसेयर आम्दानी १६.११ रुपैयाँ हुने आंकलन छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment