आज २ डिसेम्बर विश्‍व इतिहास: ह्याप्पी बर्थडे ब्रिटनी स्पियर्स देखी पहिलो कृत्रिम मुटु प्रत्यारोपण

१६ मंसिर, काठमाडौं । आज २ डिसेम्बर। विश्‍व इतिहासका विभिन्‍न घटनाका कारण आजको दिन स्मरण गरिन्छ। प्रस्तुत छ, तीमध्ये केही प्रमुख घटनाको सारसंक्षेप।

– सन् २००१- अमेरिकामा बैंकरप्सीको ऐतिहासिक घटना

अमेरिकाको टेक्सास ह्युस्टनस्थित एनरोज नामक कम्पनीविरुद्ध व्यापक आर्थिक ठगीको अभियोगमा मुद्दा दायर गरिएको थियो। यो घटना त्यतिबेलाको सबैभन्दा ठूलो आर्थिक ठगी थियो।

– सन् १९८८- बेनजिर भुट्टो पाकिस्तानकी पहिलो महिला प्रधानमन्त्री

स्वर्गीय बेनजिर भुट्टोले आजकै दिन पाकिस्तानकी प्रथम महिला प्रधानमन्त्रीका रूपमा पद तथा गोपनीयताको सपथ लिएकी थिइन्। पहिलोपटक उनी पाकिस्तानको ११औं प्रधानमन्त्री बनेकी थिइन्। उनको पहिलो कार्यकाल सन् १९९० सम्म रह्यो। त्यसपछि १९९३ देखि १९९६ सम्म पाकिस्तानको १३औं प्रधानमन्त्री बनेकी थिइन् उनी। २७ डिसेम्बर २००७ मा एक चुनावी सभामा सहभागी हुने क्रममा उनको हत्या गरिएको थियो।

– सन् १९८२- पहिलो कृत्रिम मुटु प्रत्यारोपण

सन् १९८२ मा पहिलोपटक वैज्ञानिकहरूले कृत्रिम मुटु प्रत्यारोपण गर्न सफलता पाएका थिए। बार्ने क्लार्क पहिलो कृत्रिम मुटु प्रत्यारोपण गरिएका व्यक्ति बनेका थिए। युनिभर्सिटी अफ उटाहा मेडिकल सेन्टरमा उक्त शल्यक्रिया भएको थियो। मुटु प्रत्यारोपणपछि उनी ११२ दिन बाँचेका थिए।

– सन् १९३९- न्युयोर्कको लागार्डिया विमानस्थल खुला

सन् १९३९ मा आजकै दिन सञ्‍चालनमा आएको उक्त विमानस्थललाई न्युयोर्कका मेर फिरेलो ला गार्डियाको नाम दिइएको थियो। उक्त विमानस्थलमा अमेरिकन एयरलाइन्सले पहिलोपटक नियमित यात्रीवाहक उडान शुरु गरेको थियो।

– सन् १८०४- नेपोलियन बोनापार्ट फ्रान्सको सम्राट

२१९ वर्षअघि आजकै दिन नेपोलियन बोनापार्ट फ्रान्सको सम्राट बनेका थिए। फ्रान्सेली क्रान्तिको दौरान फ्रान्सको सेनाबाट उनको उदय भएको थियो। र, आफ्नो युगको सबैभन्दा प्रभावशाली राजनीतिक व्यक्तित्व बनेका थिए। नेपोलियन प्रथमका रूपमा उनको आत्म-राज्याभिषेक पेरिसको नोट्रेडेममा भएको थियो।

– सन् १९८१- ब्रिटनी स्पियर्सको जन्मदिन

अमेरिकी गायिका, रचनाकार, नर्तकी र अभिनेत्री ब्रिटनी स्पियर्स आजकै दिन जन्मेकी हुन्। उनी ‘पपकी राजकुमारी’का रूपमा विश्‍वव्यापी चर्चामा छिन्। सन् १९९० को अन्त्य तथा सन् २००० को शुरुवातमा टिन पपलाई पुनर्जीवित गरेकामा उनको प्रशंसा हुने गरेको छ। संसारभर उनका १५ करोडभन्दा बढी रेकर्ड बिक्री भएको छ। सोही कारण उनी संसारमा सर्वाधिक बिक्री हुने संगीत कलाकारमध्ये एक बनेकी छन्। एक ग्रामी अवार्ड, १५ गिनिज विश्‍व रेकर्ड, ६ एमटीभी भिडियो पुरस्कार, ७ बिलबोर्ड संगीत पुरस्कार, उदघाटन रेडियो डिज्नी आइकन पुरस्कार र हलिउड वाक अफ फ्रेमलगायत पुरस्कार उनले प्राप्त गरेकी छन्। उनको भारी कोरियोग्राफ गरिएको उनको भिडियोका लागि ब्रिटनीलाई माइकल ज्याक्सन भिडियो भेनगार्ड अवार्ड प्रदान गरिएको थियो।

– सन् १८२३- मुनरो डक्ट्रिन

सन् १८२३ मा आजकै दिन मुनरो डक्ट्रिन प्रतिपादित भएको थियो। अमेरिकाले युरोपेली मामिलामा कुनै हस्तक्षेप नगर्ने उक्त डक्ट्रिनको मुल सिद्धान्त हो। तत्कालीन अमेरिकी राष्‍ट्रपति जेम्स मुनरोले यो सिद्धान्त प्रतिपादन गरेका हुन्।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment