मिसन–८४ ले देश बन्दैन, तिमीहरूको ८४ सक्किएर बन्छ :मेयर बालेन शाह

१४ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन शाहले राजनीतिक दलका नेताहरूप्रति कटाक्ष गरेका छन्। उनले बुधवार राति सामाजिक सञ्जालमार्फत कटाक्ष गरेका हुन् ।

पछिल्लो समय केही शीर्ष दलका नेताहरूले आगामी २०८४ सालमा हुन गइरहेको आमनिर्वाचनलाई लक्षित गर्दै ‘मिसन–८४’ अभियान चलाइरहेका छन् । मेयर बालेनले यसप्रति व्यंग्य गरेका हुन् ।

उनले ‘मिसन–८४’ले देश नबन्ने स्पष्ट पारेका छन् । बालेनले राजनीतिक दलका नेताबाट देश नबन्ने तर्क पनि गरेका छन् ।

नेताहरूलाई सकाएर मात्र देश बन्ने भन्दै बालेनले आक्रोश पाखेका हुन् ।‘तिमीहरूको ८४ ले बन्दैन, तिमीहरूको ८४ सक्किएर बन्छ । तिमीहरूलाई सकाएर बन्छ,’ र्‍यापर​समेत रहेका उनले कवितात्मक शैलीमा फेसबूकमा लेखेका छन् ।

मेयर बालेन सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिका कारण विवादमा आउने गर्छन् । केही महिनाअघि मात्र ‘सिंहदरबारमा लागो लगाइदिन्छु’ भन्दै उनले विवादित अभिव्यक्ति दिएका थिए ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment