पछिल्ला राजनीतिक घटनाक्रमले देश पुनः अस्थिरतातर्फ धकेलिने आशंका

११ मंसिर, काठमाडौं । पछिल्ला राजनीतिक घटना क्रमहरुले देश पुनः अर्को अस्थिरतातर्फ उन्मुख हुन लागेको त होइन भन्ने आशंका बढाएको छ । संघीय लोतकतान्त्रिक गणतन्त्रबाट जनताले जुन अपेक्षा गरेका थिए त्यो कत्ति पनि पुरा नहुँदा सर्वसाधारणमा आक्रोश बढ्दो छ । जनआक्रोश नेतृत्वबाट प्रणाली विरुद्ध खनिने संकेतहरु पनि देखिएका छन् ।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान लागू भएपछि जनसाधारणमा सुशासन, विकास निर्माण र अमनचयनको जुन अपेक्षा थियो, त्यो पुरा हुनु त कता हो कता देश झन जर्जर अवस्थामा फस्यो । भ्रष्टाचार, नातावाद, कृपावाद र कुशासन झन् चुलिंदा जनतामा नैराश्य र आक्रोश बढेको छ । जनताको आक्रोश अब सडकमा पोखिन थालेको छ ।

केही दिन यता राजधानीका सडकमा राजनीतिक प्रणालीविरुद्ध सुनिएको राजनीतिक प्रणालीविरुद्धको आवाज त्यही आक्रोशको परिणाम हो । यति मात्रै होइन, अहिले गणतन्त्र ठीक कि राजतन्त्र ठीक भन्ने बहस पनि जबर्जस्त रुपमा उठेको छ । राजतन्त्रवादी र गणतन्त्रवादीहरु आम्नेसाम्ने हुने अवस्था समेत बन्दै गएको महसुश गर्न थालिएको छ ।

राजसंस्था पुनर्वहालीको माग गर्दै सडकमा आवाज उठ्दा सरकार र राजनीतिक नेतृत्व त्यसको शान्तिपूर्ण सम्बोधन भन्दा शक्ति दुरुपयोगको शैलीमा उत्रिए । यस्ता प्रवृत्तिले देशलाई झन् मुठभेड र जर्जर अवस्थातिर लैजाने विश्लेषण गर्न थालिएको छ । अहिले सबैभन्दा ठूलो दल भएको हिसाबले र शान्ति सम्झौतामा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले हस्ताक्षर गर्नु भएकाले नेपाली कांग्रेस तथा माओवादी जसका अध्यक्ष जो स्वयम् अहिले प्रधानमन्त्री हुनहुुन्छ यी दुई दलले अहिलेको आक्रोशका आवाजलाई शान्तिपूर्ण सम्बोधन गर्नुपर्ने राजनितिक विश्लेषक प्रा.पुरुषेत्तम दाहालले बताउनुभयो ।

गणतन्त्रको संगठित रुपमा विरोध भइहालेको भने होइन । असंठित समुहहरुले गणतन्त्रको विरोध गर्दा देशको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भ्रातृ संगठन मार्फत प्रतिवातमा उत्रियो । जसका कारण सामान्य विरोध प्रदर्शनसंगै सेलाउनु पर्ने दुर्गा प्रसाई पक्षको प्रदर्शनले देश विदेशमा चर्चा पायो । संसदको प्रमुख प्रतिपक्षी एमाले किन त्यसरी उत्रिनु परेको हो भन्ने प्रश्न पनि उठिरहेको छ । अर्कोतर्फ संसदको सवैभन्दा ठूलो दल र त्यसका सभापति शेरबहादुर देउवा सडकमा पछिल्लो पटक उठेको आवाजप्रति मौन छन् । एमालेको उत्ताउलोपन र कांग्रेसको मौनता दुवैको रहस्य खोज्नु जरुरी ठानिएको छ ।

आफूलाई परिवर्तनको संवाहक ठान्ने दलहरुले सडकमा पोखिन थालेको जनआक्रोशलाई बेलैमा बुझ्नु जरुरी छ । संविधान र



मल्टिमिडिया ग्यालरी

businessdigitalDigital NewspaperdigitalkhabarelonmuskFacebookGaneshInternationalkhabarMountainnepal governmentPokharaPoliticspopkorn mediapopkornmediapopkorntvRasifaltapaiko aajatechnologyTikToktourismtouristTwitterxYoutube
Comments (0)
Add Comment