हमासले बन्धक बनाएका २४ मुक्त हुँदा विपिन रिहा भएनन्

०९ मंसिर, काठमाडौँ । हमासले बन्धक बनाएको २४ जनालाई रिहा गरेको अन्तर्राष्ट्रिय रेडक्रसलाई उद्धृत गर्दै सिबिसी न्युजले जनाएको छ।

पहिला १२ थाई नागरिकसहित २५ जना रिहा भएको बताइएको थियो। अन्तर्राष्ट्रिय रेडक्रसको रोहवरमा हमासले मुक्त गरेकाहरूको सङ्ख्या २४ रहेको पुष्टि भएको छ।

२४ जनामध्ये अधिकांश महिला र बालबालिकाहरू रहेको बताइएको छ। इजिप्ट पुगेकाहरूमा १३ जना इजरायली नागरिक, १० जना थाई नागरिक र एक फिलिपिनी नागरिक रहेको बताइएको छ।

नेपाली नागरिक विपिन जोशी समेत हमासको नियन्त्रणमा छन्। अस्थायी युद्ध विरामको सर्त अनुसार बन्धन मुक्त हुने पहिलो चरणमा नेपाली विद्यार्थी जोशी परेनन्। उनी कृषि अध्ययनपछि अभ्यासका लागि इजरायल पुगेका थिए।

हमासले इजरायलमा आक्रमण गर्दा जोशीलाई समेत बन्धक बनाइएको थियो। परराष्ट्र मन्त्रालयले पहिलो चरणमै जोशीलाई हमासको बन्धनबाट मुक्त गर्न पहल गर्ने बताएको थियो। तर उनीहरू सफल भएनन्।

हमासले अकस्मात आक्रमण गर्दा इजरायलमा पढ्न गएका १० जना नेपालीको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए। कैलाली घोडाघोडी ४ का नारायण प्रसाद न्यौपाने, बझाङ जय पृथ्वी ६ का गणेश कुमार नेपाली, कैलाली बाउनिया ३ का आशिष चौधरी, दार्चुला लेकम ५ का दिपेश राज विष्ट, धनुषा सपही ६ का आनन्द शाह, सुनसरी मधुवनका राजेश कुमार सर्वांकर, डाेटी पचनाली ३ का राजन फुलरा, लामिखाल ८ का पदम थापा, सल्यान शारदा ३ का प्रवेश भण्डारी र दार्चुलाका लोकेन्द्र सिंह धामी हमासको आक्रमणमा मारिएका थिए।

घाइते भएका र नेपाल फर्कन चाहने नेपालीलाई सरकारले नेपाल फर्काएको थियो।

बन्धन मुक्त भएकाहरूलाई अन्तर्राष्ट्रिय रेडक्रसले आफ्नो सवारीसाधनमा राखेर इजिप्ट पुर्याएको थियो। अहिले उनीहरूलाई स्वास्थ्य परीक्षण गरेर इजरायललाई बुझाइने बताइएको छ।

उता इजरायलले समेत आफ्नो हिरासतमा रहेको ३९ जना प्यालेस्टिनी बन्धकहरूलाई रिहा गरेको छ।



मल्टिमिडिया ग्यालरी

BipenbusinessdigitalDigital NewspaperdigitalkhabarelonmuskFacebookGaneshGazahamasInternationalkhabarMountainnepal governmentPalistinePokharaPoliticspopkorn mediapopkornmediapopkorntvRasifaltapaiko aajatechnologyTikToktourismtouristTwitterwarxYoutube
Comments (0)
Add Comment