कस्ताे रहला आजकाे माैसम ?

०९ मंसिर, काठमाडाैं । आज देशका केही भू-भागमा हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागले जनाएअनुसार उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको हो ।

बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रहेको र बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको विभागले जनाएकाे छ । दिउँसो भने कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ ।

बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने बताउँदै विभागले कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि जनाएको छ । दैनिकरुपमा चिसाे बढेकाले आवश्यक सतर्कता अपनाउन पनि अनुराेध गरिएकाे छ ।



मल्टिमिडिया ग्यालरी

businessdigitalDigital NewspaperdigitalkhabarelonmuskFacebookGaneshInternationalkhabarMountainnepal governmentPokharaPoliticspopkorn mediapopkornmediapopkorntvRasifaltapaiko aajatechnologyTikToktourismtouristTwitterxYoutube
Comments (0)
Add Comment