छठ सम्वन्धी धार्मिक जानकारी।

०२ मंसिर, काठमाडौँ मिती २०८० साल मंसिर ३ गते आइतबार षष्ठी तिथी प्रात: ७ / ५२ बजेसम्म त्यस उप्रान्त सप्तमी तिथी आरम्भ भएको हुनाले छठपर्व षष्ठीका देवि कार्तिकेयको पत्नि मानिन्छ।यिनलाई प्रकृतिको छैठौं अंश र देवसेना भनिन्छ।पौराणिक ग्रन्थमा छ अंश षष्ठी र एक अंश सूर्यलाई मानिएकोले षष्ठीलाई छठमाता र सप्तमी तिथीलाई सूर्य भनिन्छ।षष्ठी र सूर्य गरी सात अंश अंकको अधिक महत्व पनि रहेको पाईन्छ ।

षष्ठी तिथी अपभ्रंस भएर छठ भएको हो।वैदिक नाम सूर्यषष्ठी हो हजुर। छठको तेस्रो दिन अर्थात छठ पर्व ।यस दिनमा ब्रतालुहरू पानीसमेत नपिई निराहार बस्दछन् । साँझपख नजीकैको पोखरी, तलाउ, इनार, कुवा जस्ता जलाशयमा गई पानीमा डुबेर अस्ताउँदो सूर्यलाई पूजा गर्दछन् ।छठको दिन सूर्यलाई चढाउनका लागि बनाइएका सामग्रीहरू घाटमा लगेर पालैपालो पानीमा डुबाई सूर्य देवतालाई चढाउँदछन् ।

प्रातःकालीन अर्घका लागि केही ब्रतालुहरू रातभर पानीमा बसेर सूर्य नउदाउन्जेल सम्म पूजा गर्दछन् भने कोही प्रसाद चढाएर पानीबाट निस्कन्छन् ।यस दिनमा रातभर भजन किर्तन र नाचगान हुने गर्दछ ।घाटलाई बेहुली झै सिंगारिएकॊ हुन्छ। महाभारतमा कर्णले छठको व्रत गरेर ऐश्वर्य र शक्ती प्राप्त गरेको र द्रौपदीले पनि छठको व्रत लिएको उल्लेख छ।

सूर्य पुराण अनुसार कार्तिक शुक्ल षष्ठीको दीन अत्रि मुनिको पत्नि अनुशुयाले सुख,समृद्धि प्राप्त गरेको र सोही समय देखि यस पर्वको थालनी भएको हो।अस्ताउदा सूर्यलाई दिने अर्घ छठ माताको हुन्छ र उदाउँदा दिने अर्घ सूर्यनारायणको हुन्छ। सृष्टिको सुरूवातदेखि नै सूर्यको उपासना गरिंदै आएको पाइन्छ।अग्नि पुराणमा पनि षष्ठी व्रतको प्रसँग उल्लेख छ।

चौध वर्षको वनवास र एक वर्षको अज्ञातवास बसेको बेला कुन्ती, द्रौपदी सहित पाण्डवले यो व्रत गरेको वर्णन महाभारतमा पाइन्छ ।त्रेता युगमा राजा दशरथकी रानी कौशल्याले पनि यो व्रत गरेको बताइन्छ। कात्तिक महिनामा मनाइने छठलाई ठूलो छठ भनिन्छ ।चैतको षष्ठी तिथिमा पनि केही ठाउँमा यो पर्व मनाइन्छ ।

षष्ठीको भोलिपल्ट ब्रहृममुहूर्तमा मानिसहरू पूजासामग्री लिएर नदी किनारमा गई स्नान गरी उदाउँदो सूर्यलाई फेरि अर्घ दिएपछि छठ पर्व सकिन्छ र प्रसाद बाँडिन्छ ।छठको प्रसादमा उखु, केराउ, केरा, नरिवल, मिठाई, चना, ठेकुवा, कसार, कागती र अदुवा राखिन्छ । विशेषगरी शुद्ध घिउमा गहुँको पिठोबाट निर्मित ठेकुवा र चामलबाट निर्मित कसारको विशेष प्रसाद बनाइन्छ । छठ माताको पूजाआजा गरेपछि भाकल गर्नेहरूको सबै मनोकामना पूरा हुने धार्मिक विश्वास छ । यो व्रत गर्नाले चर्मरोग छिटो निको हुने पनि विश्वास गरिन्छ ।केही भक्तजन घरबाट साँझ र बिहान घर्सिंदै नदी वा पोखरीको किनारमा गई स्नान गरी व्रत पूरा गर्छन् ।

कतिले मनोकामना पूरा भएमा नाच नचाउने, पोखरीमा माटोको हात्ती राख्ने तथा दियो बाल्ने जस्ता कार्य पनि गर्छन् ।सूर्यको प्रकाशमा भिटामिन डी प्राप्त हुने भएकाले मानवशरीर विज्ञानका अनुसार यो व्रतको महत्त्व आज पनि त्यत्तिकै छ । कार्तिक शुक्ल चतुदर्शीका दिनबाट शुरु हुने छठ पर्व सूर्यको आराधना गरी नेपाल र भारतका विभिन्न क्षेत्रमा मनाइन्छ ।अत्यन्तै श्रद्धा र निष्ठाका साथ व्रत बसी अस्ताउँदो सूर्य र उदाउँदो सूर्यलाई पूजा गरी यो पर्वलाई हर्सोल्लासका साथ मनाइने गरिन्छ ।यो एउटा यस्तो चाड हो जसमा डुब्न लागेको सूर्यको साथै उदाउँदो सूर्यको पनि आराधना गर्ने गरिन्छ ।समाजमा उदाउँदो वा प्रतिष्ठीत व्यक्तीलाई सबैले ढोग्छन् सम्मान गर्छन् तर डुब्न लागेको घाम गरीब तथा बेसहारालाई कसैले हेर्दैनन् तर यस पर्वले जुनसुकै अवस्थामा पनि सबैलाई समान व्यवहार गर्नुपर्छ भन्ने सन्देश दिन्छ ।

त्यस्तै सूर्यले सबै प्राणीहरूलाई समानरूपमा प्रकाश दिन्छ त्यसैले सबैमाथि समान व्यवहार गर्नुपर्छ भन्ने सोच विकास गर्नका लागि सूर्यको पूजा गरिन्छ ।वर्षको दुई पटक चैत र कार्तिक महिनामा धुमधामका साथ मनाइने यस पर्वमा चोखो र शुद्धाशुद्धिमा अत्यन्तै ध्यान दिइन्छ । विधी विधान अनुसार मनाएमा आफ्ना सम्पूर्ण कष्ट हटेर जाने जनविश्वास रहि आएको छ । छाला सम्वन्धी रोग निदानका लागि, पुत्र प्राप्तिका लागि र भाकल पूरा गर्न मानिसहरू भक्तिमा लिप्त भएर नजीकैको पोखरी जलाशय कुण्डमा गई यस दिन छठ पूजा गर्दछन् ।

छैठको पूजा गर्दा उखु, केराको बोट, बेसार, अदुवा, नरिवल, जौ, भुसुवा, ठेकुवा, फलफूल, मिठाई जस्ता सामग्रीको आवश्यकता पर्दछ ।सम्पूर्ण प्राणीलाई विना कुनै भेदभाद समान शक्ति, ताप र किरण दिने समानताको प्रतीक सूर्यको यसै महिमालाई आत्मसात गर्दै सूर्यको पूजा प्रार्थना र आराधना तन, मन लगाएर चार दिनसम्म गरिन्छ ।

कार्तिक शुक्ल चर्तुदशीका दिन देखि छठ आरम्भ हुन्छ ।दशैं र तिहार लगतै शुरु हुने छठ नितान्त सूर्यको उपासना गरी मनाइन्छ । छठको शुरुवात मानिने यस दिनलाई ब्रतालुहरू नहान खान (नहाए खाए) भन्दछन् । बिहान सबेरै उठेर हात खुट्टाको नङ काट्छन् र चोखो पानीले नुहाई-धुवाई गरी सफा कपडा लगाएर पूजा गरी शुद्ध भोजन गर्दछन् ।

भनिन्छ यस दिनमा ब्रतालुहरूले प्रण गर्दछन्- म अव जथाभावी खाँदिन र तन मनले प्रभुको शरणमा बस्नेछु । शुभायै देवसेनायै षष्ठी देव्यै नमो नम:। पं-बालमुकुन्द देबकोटा



मल्टिमिडिया ग्यालरी

Bal Makunda DevkotabusinessChatChhatdigitaldigital khabarDigital NewspaperdigitalkhabarelonmuskFacebookGaneshInternationalkhabarMountainnepal governmentNewsPokharaPoliticspopkorn mediapopkornmediapopkorntvRasifaltapaiko aajatechnologyTikToktourismtouristTwitterxYoutube
Comments (0)
Add Comment