आज तिहारको चौथो दिन, गोवर्द्धन पूजा

 २८ कार्तिक, काठमाडौं । आज यमपञ्चक अर्थात् तिहारको चौँथो दिन, गोवर्द्धन पूजा गरि मनाइँदैछ ।

कार्तिक शुक्ल प्रतिपदाको दिन आज दिन गोवर्द्धन पर्वत, बली राजा, गोरु र हलिको पूजा गरेर मनाइँदैछ । यस दिनमा लिपेर सफा गरिएको घर आँगनमा गाईको गोबरको पर्वत बनाएर पूजा गर्ने प्रचलन छ ।

धर्मशास्त्रअनुसार द्वापर युगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचालेर गोकुलका बासिन्दालाई अतिवृष्टिबाट जोगाएकाले त्यसको स्मरण गर्दै गोवर्द्धन पर्वतको पूजा गर्ने परम्परा चलेको हो ।

आज मानिसले खाने प्रमुख आहारा अन्नबाली उब्जाउँदा खेतमा जोतिने गोरुको पनि पूजा गरी मीठामीठा खानेकुरा खान दिइन्छ ।



मल्टिमिडिया ग्यालरी

businessdigitalkhabardigitalnewspaperelonmuskFacebookGaneshGovardhan PujaInternationalMountainnepalgovernmentNewsoliticsPokharapopkornmediapopkorntvRasifalTapaikoaajatechnologyTikToktourismtouristTwitterxYoutubeगोवर्धन पूजा
Comments (0)
Add Comment