ट्रकको ठक्करबाट बाँकेमा १ जना युवकको मृत्यु

२३ कार्तिक, कोहलपुर । बाँकेको कोहलपुरमा ट्रकले ठक्कर दिँदा १ जना युवकको मृत्यु भएको छ। कोहलपुरस्थित कृषि चोकमा बुधबार साँझ ट्रकले ठक्कर दिँदा जाजरकोटको छेडागाड नगरपाालिका–११ का ३१ वर्षीय गोरख चुदाराको मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) सुन्दर तिवारीका अनुसार सुदूरपश्चिमबाट काठमाडौं जाँदै गरेको ००१ ख २४३२ नम्बरको मालबाहक ट्रकले कोहलपुर–२ प्रेमनगर नजिकै रहेको कृषि चोकमा चुदारालाई ठक्कर दिएको थियो।

ट्रकको ठक्करबाट चुदाराको घटनास्थलमै ज्यान गएको हो। ठक्कर दिने ट्रकका चालकलाई नियन्त्रणमा लिइएको डीएसपी तिवारीले जानकारी दिए।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment