निफ्राको नाफा बढ्यो

१६ कार्तिक, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीको आम्दानी बढ्दा नाफा ९ प्रतिशतले बढेको हो । विभिन्न पूर्वाधारहरुमा लगानी गरी कम्पनीले ब्याजमार्फत आम्दानी गर्दै आएको छ ।

कम्पनीले चालु आर्थिक वर्षको ३ महिनामा ७६ करोड ८ लाख रुपैयाँ खुद आम्दानी गरेको छ । जबकि गत वर्ष सो अवधिमा ६६ करोड ६२ लाख रुपैयाँ आम्दानी गरेको थियो । ब्याज खर्च घटाउँदा कम्पनीले यो ३ महिनामा खुद ७० करोड १ लाख रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको सो अवधिमा यस्तो आम्दानी ६५ करोड ५७ लाख थियो ।

पहिलो त्रैमासिक समीक्षा अवधिमा कम्पनीको नाफा ४१ करोड ३८ लाख रुपैयाँ छ । गत वर्षको पहिलो त्रैमासमा ३७ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको रेगुलेटरी प्रोभिजन भने बढेको छ ।

यसले गर्दा वितरणयोग्य नाफामा भने धक्का पुगेको छ । गत वर्षको पहिलो त्रैमासमा जम्मा ८ करोड यस्तो प्रोभिजन छुट्याएकोमा यो वर्षको सो अवधिमा २० करोड छुट्याउनुपरेको छ । जसले गर्दा वितरणयोग्य नाफा २१ करोड २४ लाखमा खुम्चिएको छ । गत वर्षको यस अवधिमा यस्तो वितरणयोग्य नाफा २९ करोड ८५ लाख रुपैयाँ बराबर थियो ।

कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) पनि सामान्य सुधार देखिएको छ । वार्षिक प्रतिसेयर आम्दानी ७ रुपैयाँ ६६ पैसा छ, पहिले यो ७ रुपैयाँ १ पैसा थियो । प्रतिसेयर खुद सम्पत्ति मूल्य (नेटवर्थ) ११२ रुपैयाँ छ



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment