भिजन लुम्बिनीको आईपीओ बिक्री खुला

१६ कार्तिक, कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन सेती नदी जलविद्युत् आयोजनाको प्रवर्द्धक भिजन लुम्बिनी ऊर्जा कम्पनीले सर्वसाधारणका लागि बिहीबारदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ।

माछापुच्छ्रे–२ सार्दिखोलामा निर्माण भइरहेको आयोजना २५ मेगावाट क्षमताको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन गरेको आईपीओ बाँडफाँटपछि सर्वसाधारणका लागि आईपीओ जारी गरेको भिजन लुम्बिनी ऊर्जा कम्पनी प्रालिका कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेलले बताए।

उनका अनुसार कम्पनीले सर्वसाधारणका लागि कूल २० लाख ७५ हजार दुई सय ८५ कित्ता साधारण सेयर निष्कासन गरेको छ। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, सामूहिक लगानी कोष र कम्पनीका कर्मचारीलाई बाँडफाँट गरी बाँकी रहेको चार लाख ८७ हजार ९ सय १० कित्ता सेयरसहित सर्वसाधारणका लागि निष्कासन गरेको हो।

यसअघि आयोजनाको प्रभावित क्षेत्रका रुपमा रहेका माछापुच्छ्रे–१, २, ३, ४ र पोखरा महानगरपालिका–१९ का स्थानीयवासीका लागि जारी गरिएको सेयरमा १३ लाख ६८ हजार एक सय ५० हजार कित्ता आवेदन परेको थियो। प्रभावित क्षेत्रका लागि निष्कासन गरिएको चार लाख कित्ता सेयर बिक्री हुन सकेको थिएन ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment