सुजुकी स्विफ्टमा अव नयाँ जेड–सिरिज इन्जिन, ४० किलोमिटर माइलेज दिने

१६ कार्तिक, काठमाडाैं । सुजुकीको सर्बाधिक लोकप्रिय ह्याचब्याक कार स्विफ्ट नयाँ इन्जिन जडान भएर आउने भएको छ । जापानमा जारी अटो शोमा सुजुकीले चौथो जेनेरशेन स्विफट्मा नयाँ जेड–सिरिज ईन्जिन जडान गरेर यसको कन्सेप्ट सार्वजनिक गरेको हो । सो नयाँ कार अर्कोवर्ष लन्च हुने अपेक्षा गरिएको छ । साथै शोमा सुुजुकीले १.४ लिटर स्ट्रङ हाइब्रिड पावरट्रेनको स्विफ्ट समेत देखाएको छ ।

हाल उपलब्ध स्विफ्टमा सुजुकीले के–सिरिज इन्जिन जडान गरेको छ । सो इन्जिनमा ४ वाट सिलिन्डर दिइएकोमा नयाँ इन्जिन जेड–सिरिजमा भने जम्मा ३ वटामात्र सिलिन्डर हुनेछ ।

सिलिन्डर संख्या कम भएसंगै कारको तौल समेत कम हुने र यसले दिने माइलेज पनि बढेर ४० किलोमिटर पुग्ने कम्पनीले दावी गरेको छ । हाल प्रयोगमा आएको के–सिरिज इन्जिनले प्रतिलिटर पेट्रोलका खपतमा २२ किलोमिटर माइलेज दिँदै आएको छ ।

नयाँ इन्जिनको सिलिन्डर संख्या कम भएपनि यसले दिने पावर भने ४ सिलिन्डर के–सिरिज सरहनै रहने कम्पनीले जनाएको छ । साथै यसको टर्क भने पुरानो इन्जिनको तुलनमा केही बढी हुनेछ ।

हाल प्रयोगमा आएको के–सिरिज इन्जिनलाई विस्थापन गर्नेगरी बिकास गरिएको सो नयाँ इन्जिनलाई स्विफ्ट हुँदै निकट भविष्यमा फ्रङक्स, बलेनो, इको र इग्निस लगायत मोडलमा समेत विस्तार गर्ने सुजुकीले योजना बनाएको छ ।

#सुजुकी



मल्टिमिडिया ग्यालरी

AutomobilesbusinessCardigital khabarnepalNews
Comments (0)
Add Comment