रिगलविरुद्धको मुद्दामा आज सुनुवाइ

१५ कात्तिक, काठमाडौं । बाँकेको नेपालगञ्जका चेतन मानन्धरको हत्यारा गुण्डानाइके ‘रिगल’ भनिने योगराज ढकाललाई आममाफी दिने राष्ट्रपति रामचन्द्र पौडेललको निर्णयविरुद्धको रिटमा आज बुधबारपनि सुनुवाइ हुने भएको छ ।

हिजो मंगलबार हेर्दाहेर्दैमा रहेको रिटमा आज पनि सुनुवाइ हुने भएको हो । मंगलबार सर्वोच्च अदालतका न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा। कुमार चुडालको संयुक्त इजलासमा मुद्वाको सुनुवाइ भएको हो । आज पनि यही इजलासमा सुनुवाइ जारी रहनेछ ।

राष्ट्रपतिको निर्णयविरुद्ध हत्या गरिएका चेतन मानन्धरको पत्नी भारती शेर्पाले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी थिइन् । उक्त रिट निवेदनमा सुनुवाइ भएको हो । निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेको नेतृत्वमा बहस भएको थियो ।

गत असोज २५ गते प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू डा आनन्दमोहन भट्टराई र कुमार रेग्मीको पूर्ण इजलासमा सुनुवाइ प्रारम्भ भए पनि हेर्न नमिल्ने भएपछि मंगलबारका लागि सुनुवाइ तय गरिएको थियो ।

गत असोज १८ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले रिगललाई आममाफी दिन सिफारिस गर्नुपर्नेको कारणसहितको सम्पूर्ण सक्कल मिसिल गत असोज २४ गतेभित्र झिकाउन आदेश गरेको थियो ।

साथै, अदालतले कानुनी प्रश्नको जटिलता र महत्वको विचार गर्दा पूर्ण इजलासमा पेश गर्नका लागि उपयुक्त देखिएकाले अर्को सुनुवाइका लागि पूर्ण इजलासमा पेशी व्यवस्थापन गर्नसमेत आदेश दिएको थियो ।



मल्टिमिडिया ग्यालरी

businessCourtcrimeDeathdigital khabarhealthHigh CourtnepalNewsPoliticRamchandra Poudelrigal
Comments (0)
Add Comment