सांग्रिला डेभलपमेन्ट बैंकले मनायो १९ औं वार्षिकोत्सव

१४ कार्तिक, काठमाडाैं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले कार्तिक १३ गते आफ्नो १९ औं वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको छ । बार्षिकोत्सवको अवसरमा बैंकले सरसफाइ, रक्तदान, कर्मचारीलाई सम्मानदेखि अस्पतालाई आर्थिक सहयोग प्रदान गर्नेलगायतका कार्यक्रमहरू सम्पन्न गरेको हो ।

बैंकले सोमबार बिहान ७ बजे का।म।न।पा वडा नं ४, टुँडालदेवी मन्दिर परिसरको सरसफाई गरी वार्षिकोत्सव कार्यक्रमको सुरुवात गरेको थियो । सरसफाई कार्यक्रममा बैंकका कर्मचारीहरू तथा सामुदायिक प्रहरी सेवा केन्द्र, टुँडालदेवी काठमाडौंको उत्साहपूर्ण सहभागीता रहेको थियो ।

मन्दिर परिसरको सरसफाई पश्चात बैंकको केन्द्रिय कार्यालय बालुवाटार काठमाण्डौं कै प्रागणमा आयोजित एक समारोहमा तिलगंगा आँखा अस्पताललाई आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत तिलगंगा आखा अस्पताललाई २ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको हो ।

यस वार्षिकोत्सव कार्यक्रममा बैंकका अध्यक्ष उज्ज्वल सत्याललगायत बैंकका सञ्चालकहरू तथा तिलगंगा आँखा अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङको समेत उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा आफ्नो मन्तव्य व्यक्त गर्दै अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङले अस्पतालले प्राप्त गरेको सो रकमको उच्च सदुपयोग हुने विचार व्यक्त गर्दै बैंकलाई धन्यवाद दिइन् ।

साथै बैंकको वार्षिकोत्सवकै अवसर पारेर केन्द्रीय कार्यालय बालुवाटार काठमाण्डौं र नेपालगञ्ज क्लष्टर कार्यालयमा गरी जम्मा १३२ जनाले रक्तदान समेत गरेका छन् । बैंकले वार्षिकोत्सवकै अवसर पारेर बैंकमा ५ वर्ष भन्दा बढी अवधी काम गरेका कर्मचारीहरुलाई सम्मान गरेको छ।

बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशीले बैंकको १९औं वार्षिकोत्सवले थप उर्जा प्रदान गरेको र आगामी दिनहरुमा पनि बैंकका सब परिवारले मिलेर थप मिहिनेतका साथ बैंकलाई उचाईमा पु¥याउने विश्वास व्यक्त गरेका छन्।



मल्टिमिडिया ग्यालरी

businessDeathdigital khabarhealthnepalNews
Comments (0)
Add Comment