पूर्वराजाबाट टीका लगाउन सर्वसाधारणको भिड, राजनीतिबारे संकेत गर्दै भने – छिनछिनमा भुइँचालो पनि आइरहेको छ विचार गर्नुस् [भिडियो/तस्बिर सहित]

०७ कात्तिक, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले दशैँको अवसरमा सर्वसाधारणलाई टीका लगाइ दिँदै राजनीतिबारे संकेत गरेका छन् । मङ्गलवार अपराह्न ४ बजेबाट पूर्वराजा शाहले विजया दशमीको टीका सर्वसाधारणलाई लगाइदिएका हुन् ।

पूर्वराजाले टीका लगाइदिँदै राजनीतिबारे संकेत गर्दै देशमा भइरहेको गतिविधिबाट पाठ सिकेर अघि बढ्न सुझाव दिएका छन् ।

उनले भने, ‘सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा दसैँको शुभकामना दिन चाहन्छु । धेरै भन्नु पनि हुँदैन, सप्तमीको दिनमा भनेको छु । हामीले पाठ पनि सिक्नुपर्नेछ । छिनछिनमा भुइँचालो पनि आइरहेको छ । विचार गर्नुस् ।’

पूर्वराजा शाहको हातबाट टीका ग्रहण गर्न निर्मल निवासमा सर्वसाधारणहरूको लाइन लागेको थियो ।

भिडियो :



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment