कामना सेवा विकास बैंकको मोबाइल बैंकिङ एपबाट रकम पठाउँदा १ रुपैयाँ मात्र शुल्क

०२ कार्तिक, काठमाडौं । कामना सेवा विकास बैंक र भुक्तानी प्रणाली सेवा प्रदायक नेपाल पेमेण्ट सोलुसनबीच अन्तर बैंक रकमान्तरसम्बन्धी सम्झौता भएको छ। उक्त सम्झौतासँगै बैंक र नेपाल पेमेण्ट सोलुसनले नयाँ योजनाको सुरुवातसमेत गरेका छन्।


उक्त सम्झौता बमोजिम कामना सेवा विकास बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ताहरुले आफ्नो मोबाइल बैंकिङ एपभित्र रहेको इन्स्टा फण्ड ट्रान्सफरमार्फत् अन्य बैंक तथा वित्तीय संस्थाको खातामा रकम रकमान्तर गर्दा सेवा शुल्क वापत मात्र १ रुपैयाँ लाग्‍नेछ।

यो योजना कात्तिक १ गतेदेखि पुस मसान्तसम्म लागू हुने समेत बैंकले जनाएको छ। नेपाल पेमेण्ट सोलुसनले नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिई भुक्तानी सेवा प्रदायकको रुपमा सेवा प्रदान गरिरहेको छ।

बैंकले हाल देशभर विभिन्न स्थानमा रहेका १३५ वटा सञ्जाल, ७७ एटीएम बुथ तथा अन्य शाखारहित बैंकिङ सञ्जालमार्फत् सेवा प्रदान गर्दै आएको छ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment