रकम लुटेर फरार भएको आरोपमा युवक पक्राउ

०२ कार्तिक, जनकपुरधाम। महोत्तरीमा वृद्ध दम्पतीबाट ६ लाख ३६ हजार रुपैयाँ लुटेर फरार भएको आरोपमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सर्लाहीको मंलगवा नगरपालिका ५ भाडषरका २९ वर्षीय रमेश सहनी रहेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए ।

उनकाा अनुसार गत असोज ७ गते दिउँसो गौशालाको एनआइसी एसिया बैंकबाट गौशाला नगरपालिका ११ भरतपुर टोल बस्ने शम्भु महतो र उनकी श्रीमती सुर्जकला देवी छोरीले पठाएको ६ लाख ३६ हजार रकम झिकेर घरतर्फ जाँदै गर्दा ६ लाख ३६ हजार रुपैयाँ लुटिएको थियो । छोरी पुनिता देवी महतोले ओखलढुंगाबाट आमा सुजर्कला देवीको खातामा सो रकम पठाएकी थिइन् ।

दुवैजना पैसा निकालेर घर फर्किरहेको बेला दिउँसो २ बजे गौशालाकै हाइस्कुल नजिकबाट भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका एक युवकले रकम भएको झोला खोसेर फरार भएका थिए । सीसीटीभी फुटेजको आधारमा अनुसन्धान तथा खोजतलास गर्दा रमेश सहनीले सो रकम लुटपाट गरी भागेको खुलेको डिएसपी गिरीले बताए ।

सहनीलाई बुधबार दिउँसो इलाका प्रहरी कार्यालय गौशालाको टोलिले गौशाला नगरपालिका ७ र सर्लाही हरिपुर्वा नगरपालिका ७ को सिमानाबाट पक्राउ गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment