पाँचदिने भ्रमण पूरा गरी प्रहरी महानिरीक्षक कुँवर स्वदेश फिर्ता

२७ असोज, काठमाडौं ।प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर बेलायतको पाँचदिने भ्रमण पूरा गरी स्वदेश फर्कनु भएको छ ।

बेलायत सरकारको निमन्त्रणामा चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बेलायत जानुभएका प्रहरी महानिरीक्षकले त्यहाँ रहँदा बेलायती सुरक्षाकर्मीसँग आपसी समन्वय, हित तथा सहयोग आदानप्रदान गर्ने विषयमा छलफल गर्नुभएको थियो ।

साथै उहाँले बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यसँग आपसी सहयोग प्रवद्र्धनमा नेपाली दूतावासले निर्वाह गरेको भूमिकाको सराहना गर्दै भविष्यमा शान्तिसुरक्षा, अनुसन्धान, अपराध नियन्त्रणमा बेलायती सहयोग जुटाउन आग्रह गर्नुभयो ।

बेलायत प्रहरीका उच्च अधिकारीहरूसँग सुरक्षा, अनुसन्धान र न्याय विषयमा भेटघाट तथा अनुभव आदान प्रदान गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा विकसित अपराधका चुनौतीबारे अनुभव आदानप्रदान गर्नाका तिनको सामना गर्न उपयुक्त कानुन, सीप, स्रोतसाधनको माध्यमद्वारा प्रयास गर्ने, सामुदायिक प्रहरी सेवा, यौनिक एवम् लैङ्गिक हिंसाका साथै बालबालिकाविरुद्ध हुने अपराधको खतरालाई सम्बोधन गर्ने विषयमा छलफल भएको नेपाल प्रहरीले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment