माण्डू हाइड्रोपावरको आईपीओ डिम्याट खातामा जम्मा

१९ असाेज, काठमाडाैं । माण्डु हाइड्रोपावरको प्रिमियम मूल्यको आईपीओ गोलाप्रथाबाट सेयर प्राप्त गरेका लगानीकर्ताको डिम्याट खातामा जम्मा भएको छ । कम्पनीको आईपीओ असार १८ गते बिहीबार सम्बन्धीत सेयरधनीको डिम्याट खातामा जम्मा भएको हो ।

कम्पनीको सेयर एमएएनडियू (MANDU) सिम्बोलमा जम्मा भएको छ । कम्पनीको सेयर नेप्सेमा भने सूचीकृत हुने प्रकृयामा रहेको छ । नेप्सेमा सूचीकृत भएको दोस्रो दिनदेखि मात्र कम्पनीको धितोपत्र खरिद बिक्रीमा आउनेछ । कम्पनीको नेटवर्थलाई आधार मान्दा कम्पनीको आईपीओ दोस्रो बजारमा न्यूनतम १२४ रुपैयाँ ४२ पैसादेखि अधिकतम ३७३ रुपैयाँ २६ पैसासम्म कारोबार खुल्न सक्नेछ । कम्पनीको वास्तविक प्रतिसेयर नेटवर्थ १२४ रुपैयाँ ४२ पैसा छ ।

माण्डु हाइड्रोपावर लिमिटेडले भदौ १० गतेदेखि भदौ १३ गतेसम्म सर्वसाधारणका लागि अंकित दरमा १०६ रुपैयाँ प्रिमियम थप गरी २०६ रुपैयाँ अंकित दरमा १२ लाख ५ हजार ३२० कित्ता सेयर बिक्रीमा ल्याएको थियो । कम्पनीको आइपीओ गोलाप्रथा मार्फत १ लाख २० हजार ५३२ जना सर्वसाधारणले १० कित्ताका दरले सेयर पाएका छन् ।

यस्तै कम्पनीले आयोजना प्रभावित बासिन्दाका लागि २ लाख ७२ हजार ७३० कित्ता सेयर र वैदेशिक रोजगारीमा रहेकालाई १ लाख ३६ हजार ३६४ निष्काशन गरी बाँडफाँड गरेको थियो । कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि जारी भई अवितरित रहेको ७९ हजार ३० कित्ता सहित सर्वसाधारणमा बिक्रीमा ल्याएको थियो । यस्तै ७२ हजार १३३ कित्ता सामूहिक लगानी कोष र २८ हजार ८५३ कित्ता कर्मचारीलाई छुट्याइएको थियो ।

माण्डु हाइड्रोपावरले जारी पूँजीको १२ प्रतिशतले हुन आउने १६ लाख ३६ हजार ३७० कित्ता सेयर निष्काशन गरेको थियो ।

कम्पनीले मकवानपुर जिल्लामा निर्माण गरि २२ मेगावाटको बागमती साना जलविद्युत आयोजना अहिले सञ्चालनमा रहेको छ । यस आयोजनाको कुल लागत ४ अर्ब १ करोड ९४ लाख ३७ हजार २५८ रुपैयाँ रहेको छ । प्रतिमेगावाट कुल लागत १८ करोड २७ लाख रुपैयाँ छ । आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ११।९६ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १३.९६ वर्ष रहेको छ। आयोजनाको विद्युत उत्पादन अनुमति २६ वर्ष ३ महिना बाँकी रहेको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNews
Comments (0)
Add Comment