टिभिएसको इलेक्ट्रिक स्कुटर आईक्युब नेपाली बजारमा, मूल्य कति ?

२९ भदाै, काठमाडाैं । टिभिएसको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले बहुप्रतिक्षित प्रिमियम इलेक्ट्रिक स्कुटर टिभिएस आईक्युब नाडा अटो शोमा लन्च गरेको छ । टिभिएस मोटरको भरपर्दो इन्जिनियरिङको क्षमताहरूद्वारा समर्थित, टिभिएस आईक्युबले क्लास–लिडिङ्ग पर्फर्मेन्स, आराम, निर्माण गुणस्तर र सुरक्षा प्रदान गर्ने कम्पनीको दाबी छ ।

स्कुटर लन्चमा बोल्दै टिभिएस मोटर कम्पनीका निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत केएन राधाकृष्णनले टिभिएस मोटर्सले सँधै नयाँ प्रविधिहरू अपनाउन अगाडि रहँदै आएको बताए । “हामीले यसै गरि अटोमोबाइल उद्योगमा नयाँ बेन्चमार्कहरू खडा गर्दै आएका छौँ । टिभिएस मोटर्सले विद्युतीय सवारी साधनको प्रविधिमा १० वर्षभन्दा बढी समयदेखि लगानी गर्दै आएको छ र नेपालमा दुई पाङ्ग्रे विद्युतीय सवारीसाधन (स्कुटर) लन्च गर्ने भारतबाट पहिलो ओईएम भएकोमा हामी गर्व गर्दछौं,” उनले भने, “टिभिएस नेपालको अग्रणी कम्पनी हो । हामीले हाम्रो पोर्टफोलियोमा ईभिहरु थपेर नेपालमा हाम्रो नेतृत्वको स्थितिलाई अझ बलियो बनाउने लक्ष्य राखेका छौं । हामी विश्वस्त छौं कि जगदम्बा मोटर्स प्रालिले टिभिएस आईक्युबका ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्नेछ ।”

टिभिएस मोटर कम्पनीको इलेक्ट्रिक भेहिकलका सिनियर भाईस प्रेसिडेन्ट मनु सक्सेनाले नेपालमा टिभिएस आईक्युब लन्च गर्न पाउँदा उत्साहित भएको बताए । “विभिन्न स्कुटर ग्राहकहरूसँगको हाम्रो विगतको अन्तरक्रियाको क्रममा टिभिएस जस्ता विश्वसनीय ब्रान्डबाट स्मार्ट प्रिमियम इलेक्ट्रिक स्कुटरको आवश्यकतालाई हाइलाइट गरिएको थियो र हामी अहिले त्यो आवश्यकता पूरा गर्न पाउँदा अत्यन्तै उत्साहित छौं ।”

टिभिएस आईक्युबमा क्लास–लिडिङ्ग डिस्प्ले र युजर इन्टरफेसको साथ प्रदर्शन र प्राविधिक सुविधाहरूको सही मिश्रण छ । साथै यो नयाँ एज – कनेक्टेड सुविधाहरू र यापहरूले भरिएको छ । नेपालको टेक–स्याभी ग्राहकहरूको लागि अत्त्यन्तै उपयोगी हुने उनको दाबी थियो ।

टिभिएस आईक्युबले १ लाख ५० हजारभन्दा बढी भारतीय ग्राहकहरूलाई शानदार इलेक्ट्रिक सवारी अनुभव प्रदान गरेको बताएका उनले टिभिएसका भारतीय उपभोक्ताहरुले ७०० मिलियन किलोमिटर भन्दा बढी कभर गर्दै १५ मिलियन लिटर इन्धन बचत गरेको जानकारी दिए । ५ हजार ७०० टनको कार्बन एमिशन भारतीयहरुले घटाएको जनाउँदै कम्पनीले उक्त प्रकृयाले १ मिलियन रूखहरू रोपे जस्तै नतिजा दिएको जनाएको छ ।

लन्चमा बोल्दै जगदम्बा गु्र्रपका अध्यक्ष शाहिल अग्रवालले टिभिएस मोटर्सको नयाँ विद्युतीय स्कुटर टिभिएस आईक्युब नेपाली बजारमा लन्चले नेपाली इ–स्कुटरको क्षेत्रमा महत्वपूर्ण योगदान पुग्ने बताए । “हाम्रो नेपालभर रहेका वितरकहरू र इन–स्टोर सेल्स अनुभवका साथ नेपालभर टिभिएस आईक्युबको उपलब्धता सुनिश्चित गर्न हामी प्रतिबद्ध छौं । टिभिएसको पहिला देखिको रेन्जलाई आईक्युबले पनि निरन्तरता दिनेछ र भविष्यको लागि नयाँ बेन्चमार्क सिर्जना गर्नेछ,” अग्रवालले भने ।

टिभिएस आईक्युबमा कनटेम्पोररी लुक र उत्कृष्ट निर्माण गुणस्तर छ । ग्राहकहरुले ५ आकर्षक कलर भेरियन्टबाट आफ्नो स्टाइल अनुसार एउटारङ छनोट गर्न सक्नेछन् । आईक्युबमा भिजिबिलिटी र सुरक्षाका लागि शक्तिशाली एलईडी हेडल्याम्पहरू डिजाइन गरिएका छन् । सहज ५–वे जोइस्टिकको साथमा ७ इन्चको टि.एफ.टि क्लस्टरले इन्ट¥याकसन, म्युजिक कन्ट्रोल, थिम परसनलाइजेसन लगाएतका सुविधाहरु प्रदान गरेको छ । ३२ लिटरको अन्डर सिट स्टोरेज, फराकिलो फ्लोरबोर्ड र ब्यागेज हुकले यात्रामा पर्याप्त सहजता प्रदान गर्दछ । साथै यु.एस.बि चार्जिङ पोर्टले सवारीका लागि अधिकतम सुविधा दिन्छ । लामो र चौडा सिटले व्यक्तिगत तथा पारिवारिक दुवै प्रयोगका लागि सहज भएकाले आईक्युबलाई व्यावहारिक विकल्प बनाएको छ ।

शक्तिशाली ४.६ किलोवाट हब माउन्टेड मोटरद्वारा सञ्चालित टिभिएस आईक्युबले ७८ कि.मि प्रतिघण्टा को टप स्पीड दिनुका साथै मात्र ४.२ सेकेन्डमा ४० किलोमिटर प्रतिघण्टासम्म एक्सेलेरेसन दिन्छ । टिभिएस आईक्युबमा कुल ३.४ किलोवाट आवर क्षमताको एडभान्सड लिथियम–आयन रसायनको दुई ब्याट्री प्याकहरू रहेका छन् । यो एक इन्टेलिजेन्ट इन–हाउस बि.एम.एस (ब्याट्री व्यवस्थापन प्रणाली) सँग आउँदछ जसले सिंगल चार्जमा १०० किलोमिटरको रेन्ज प्रदान गर्दछ । ४.५ घन्टामा ८० प्रतिशतसम्म चार्जिङ टाइम रहेको टिभिएस आईक्युब ६५० वाटको पोर्टेबल क्यारी चार्जरको साथ आउँदछ । साथै कुनै पनि ५ यम्पीयर घरेलु सकेटको साथ प्रयोग गर्न सकिने यस स्कुटरको ब्याट्री घरमै चार्ज गर्न धेरै सुविधाजनक र किफायती हुनेछ । पावर र ईको मोडले राइडरलाई रेन्ज अथवा परफर्मेन्स रोज्ने विकल्प प्रदान गर्दछ । रियरमा हाइड्रोलिक ट्वीन ट्युब शक एब्जर्बर र अगाडि टेलिस्कोपिक सस्पेन्सनले कुनै पनि भूभागमा बलियो सन्तुलन र आरामदायीता सुनिश्चित गर्दछ ।

प्रिमियम सुविधाहरूसहितको टिभिएस आईक्युब एस सुरुवाती चरणका १ हजार जना खरिदकर्तालाई ४ लाख २९ हजार ९०० रुपैयाँमा उपलब्ध गराउने कम्पनीले जनाएको छ । भृकुटीमण्डपमा जारी नाडा अटो शोमा सार्वजनिक गरिएको टिभिएस आईक्युबको बारेमा विस्तृत जानकारीका लागि टिभिएसको स्टल नम्बर जे ११ मा जान सकिने कम्पनीले जनाएको छ । साथै टिभिएस नेपालको वेबसाइट तथा काठमाडौंमा रहेका टिभिएसका ६ वटा डिलरसिपमा सम्पर्क गर्न सकिनेछ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment