सुनको भाउ घट्यो, बुधबार तोलाको कति ?

३१ साउन, काठमाडाैं । आज बुधबार छापावाला सुन १ लाख ११ हजार २ सय रुपैयाँ तोकिएको छ । आइतबार छापावाला सुनको भाउ १ लाख ११ हजार ३ सय रुपैयाँ तोकिएको थियो । आज छापावाला सुनको भाउ १ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य १ लाख १० हजार ६५० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन तेजावी सुनको भाउ १ लाख १० हजार ७५० रुपैयाँमा कारोबार भएको थियो । यसैबिच आज चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ ।

आइतबार १३ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । महासंघले अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा स्थानीय बजारमा सुन–चाँदीको मूल्य तोक्ने गरेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ९०४ दशमलव १४ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔँस २२ दशमलव ५८ डलरमा कारोबार भइरहेको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarFold & SilverGold & SilverhealthnepalNewsPolitic
Comments (0)
Add Comment