चन्द्रनिगाहपुर खानेपानी चुनाव: प्रतिबद्धता गरेका काम पुरा गर्न नसके कालोमोसो दलेर लामबद्ध हुने घोषणा 

२५,जेठ  रौतहट। चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाई संस्थाको जेष्ठ २७ गते शनिबार जनज्योति बहुमुखी क्याम्पसमा हुने निर्वाचनको सरगर्मी बढ्दै गएको छ । संस्थाको नेतृत्व चयनको लागि दुई प्यानल चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

नेकपा एमाले नेपाली कांग्रेस र नेकपा समाजवादीको संयुक्त दलिय समूहबाट किशोर प्रसाद उपाध्याय लाई हाँस चुनाव चिन्ह लिएर चुनावी मैदानमा उतारेका छन भने उता स्वतन्त्र समूह बाट लेखनाथ कोइरालाको नेतृत्वमा जेब्रा चुनाव चिन्ह लिएर स्वतन्त्र यूवा हरु पुरै प्यानल जितको लक्ष्य सहित प्रतिस्पर्धामा छ ।

पुराना दलहरुको कारण मौलाएको भ्रष्टाचारले गर्दा दिक्क भएका मतदाता हरु दलको उर्दि उलङ्घन गरी स्वतन्त्र समूह लाई जेब्रा छापमा मतदान गर्न आतुर रहेको बताउछन । चन्द्रनिगाहपुर खानेपानीमा उपभोक्ता हरुले बुझाएको महशुलको २०७४ साल देखि २०७९ फागुन संम्मको करिव ४ करोडको कुनै हिसाव छैन । 

२०७४ देखि एता चन्द्रनिगाहपुर खानेपानीको नाममा आएको विकास बजेट करिव ८ करोड ५६ लाखको समेत कुनै तथ्यगत हिसाब छैन । बिगत देखि यो संस्थाको तिनै पुराना दलिय भागबन्डामा समिती चयन हुँदै आएको छ । यसपटक पनि भागबन्डा गरेरै मिलाउन निक्कै प्रयास नभएको भने हैन तर स्वतन्त्र समुहले परिवर्तन गरेरै छाड्ने अडान नछाडे पछि एक हप्ता मिति सारेर जेष्ठ २७ गते शनिबार निर्वाचन तय भएको हो ।

भ्रष्ट हुन्नौं भ्रष्टाचार सहन्नौं भन्ने मुल नारा लिएर अघि सरेको स्वतन्त्र समुहको प्यानलको घोषणा पत्रको पहिलो नम्बरमा २०७४ साल देखिको हिसाब खोज्ने र सत्य तथ्य प्रतिवेदन सार्वजनिक गर्ने भनेको छ । नसक्ने कुरा नबोल्ने र घोषणा पत्रमा सार्वजनिक गरिएका प्रतिबद्धता पूरा गर्ने भनेर जम्मा ७ बुंदे घोषणा पत्र सार्वजनिक गरेको स्वतन्त्र समुहले आफुले प्रतिबद्धता गरेका काम पुरा गर्न औंठा छाप लगाएर ग्यारेन्टी दिने र नसके आउने अधिवेशनमा आफ्नो पुरै टिम अनुहारमा कालोमोसो दलेर लामबद्ध हुने घोषणा गरेको छ तर उता दलिय गठबन्धनका प्यानलले भने भ्रष्टाचार सम्बन्धी केही बोलेको छैन ।



मल्टिमिडिया ग्यालरी

digital khabarelectionkhanepaninepalNewsPolitic
Comments (0)
Add Comment