नेपाल लाइफको गण्डकी प्रादेशिक कार्यालय आफ्नै भवनमा

२३ जेठ, काठमाडाैं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पोखराको न्युरोड स्थित आफ्नै सुविधा सम्पन्न भवनको उद्घाटन गरेको छ । सोमबार आयोजित एक कार्यक्रमका बीच कम्पनीका संचालक समितिका सदस्यहरु कमलेश अग्रवाल, विमल प्रसाद ढकाल र कृष्णराज लामिछाने, तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेशका प्रादेशिक प्रमुख केशव प्रसाद दाहालले संयुक्त रूपमा रिवन काटेर उक्त भवनको उद्घाटन गरेका हुन् ।

करिव ३ हजार २२० वर्ग फीटमा फैलिएको उक्त भवनमा गण्डकी प्रदेशको प्रादेशिक कार्यालय र पोखरा शाखा कार्यालय रहने कम्पनीले जनाएको छ ।

नेपाल बीमा प्राधिकरण, गण्डकी प्रदेशका प्रमुख केशव प्रसाद दाहालले नेपाल लाइफले प्रादेशिक कार्यालय स्थापना गरी नेपाल बीमा प्राधिकरणले लिएको नीतिलाई सघाएको बताएका थिए । प्रादेशिक कार्यालय स्थापना गरी केन्द्रिय कार्यालयबाट प्रदान गरिने सेवाहरु स्थानीय स्तरबाट प्रदान गर्न सके बीमा सचेता बढ्न गई बीमा प्रति सर्वसाधारणको आकर्षण बढ्नेमा आफु विश्वस्त रहेको दाहालको भनाई थियो ।

कम्पनीका संचालक कमलेश अग्रवालले नेपाल लाइफको आफ्नै भवनको उद्घाटन गर्न पाउँदा हर्षले गदगद भएको बताएका थिए । निकट भविष्यमा नै कम्पनीले नेपालका मुख्य शहरहरुमा घर जग्गा खरिद गर्ने योजना सहित कार्यारम्भ गरिसकेको बताएका थिए ।

कम्पनीका अर्का संचालक विमल प्रसाद ढकालले बीमा व्यवसाय आफ्नो सिमा आफै तोकेर गर्न सकिने व्यवसाय रहेको भन्दै यस क्षेत्रमा प्रचुर सम्भावना भएको र आफ्नै गाउँ ठाउँमा रहेर स्वरोजगार हुन इच्छुक व्यक्तिहरुको लागि यो क्षेत्र एकदमै लाभदायी तथा सम्मानजनक रहेको बताएका थिए ।

अर्का संचालक कृष्णराज लामिछानेले पोखरामा कम्पनीले भवन लिई त्यस क्षेत्रका आम नागरिकलाई जीवन बीमा सम्बन्धि सम्पूणर् सुविधा प्रदान गर्न नेपाल लाइफ अग्रसर हुँदा गौरवान्वित महशुस भएको बताएका थिए । नेपाल लाइफको काठमाडौँ उपत्यका बाहिर पोखराको भवन पहिलो रहेको तथा यसले कम्पनीको विश्वसनियता बढाई बीमा बजारको विकासमा टेवा पुग्ने उनको भनाई थियो । हरेक घरमा एक बीमाको आवाधारणलाई मुर्त रुप प्रदान गर्नुका साथ साथै गरिब, सिमान्तकृत समुदायलाई बीमाको दायरा भित्र ल्याउनका निम्ति राज्यले बीमामैत्री नीति अवलम्बन गर्नुपर्नेमा लामिछानेले जोड दिएका थिए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले पोखरामा घर खरिद गरि सेवा प्रवाह गर्नु रणनैतिक रूपमा एकदमै महत्वपुणर् रहेको भन्दै आगामी दिनहरुमा कम्पनीलाइ थप सशक्त बनाउनका निम्ति नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै ग्राहकहरुको सेवाको गुणस्तरियतालाई थप प्रभावकारी बनाउन कम्पनीले समय सुहाँउदो योजना ल्याउने बताए । नेपाल लाइफसँग अहिलेको अवस्थामा चुनौतिका साथसाथै प्रशस्त अवसरहरु रहेको भन्दै उनले प्रादेशिक कार्यलयको स्थापनासँगै प्रशासनिक कार्यहरुको विकेन्द्रीकरणले सेवा प्रवाह थप सरल, सहज र प्रभावकारी हुने विश्वास व्यक्त गरे ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment