भारत भ्रमणमा भएका दीर्घकालीन महत्वका सम्झौताहरुको इप्पानद्धारा स्वागत

२२ जेठ, काठमाडाैं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जेठ १७ देखि २० गतेसम्म भएको भारत भ्रमणका क्रममा उर्जा क्षेत्रमा भएका दीर्घकालीन महत्वका सम्झौताहरुको स्वागतच गरेको छ ।

भ्रमणका क्रममा दुबै देशका प्रधानमन्त्रीहरुबाट नेपाल–भारत विद्युत् व्यपारको लागि महत्वपुर्ण बुटवल–गोरखपुर ४०० केभी प्रसारण लाइनको शिलान्यास, फुकोट कर्णाली ४८० मेगावाट जलविद्युत् परियोजना विकास सम्बन्धी समझदारी पत्र, तल्लो अरुण ६६९ मेगावाटको जलविद्युत् परियोजना विकास सम्झौता भइको थियो ।

यसैगरी नेपालभित्र विद्युत् प्रसारण लाईन निर्माणको लागि एक्जिम बैक इण्डीयाबाट सहुलियतपूर्ण प्राप्त कर्जाको उपयोग, नेपालमा निर्माणाधीन जलविद्युत् सडक जस्ता ठूला पुर्वाधार आयोजनामा आवश्यक विष्फोटक पदार्थको सहज र सरल आपुर्ती, पञ्चेश्वर बहुउदेश्यीय परियोजनाको विस्तृत परियोजना प्रतिवदन (डिपिआर) लाई ३ महिना भित्र अन्तिम रुप दिने र वित्तीय प्रबन्ध सहित दुबै सरकारले डिपिआर स्वीकृत गरेपछि एकवर्ष भित्रमा कार्यान्वयनमा जाने जस्ता उर्जा क्षेत्रमा भएका महत्वपूर्ण सम्झौताहरु भएका थिए ।

यसका अतिरिक्त विभिन्न जलविद्युत् आयोजनाहरुमा भारतीय लगानी भित्र्याउने, द्विपक्षिय उर्जा व्यापारका लागि प्रसारण लाईन लगायतका संरचनाहरुको निर्माण गर्ने, भारततर्फ उर्जाको दिर्घकालीन व्यपारको लागि वैधानीक आधार सुनिश्चित गर्ने, भारतीय भुमी हुँदै बंगलादेशसम्म नेपालबाट विद्युत् निर्यातको सुरुआत गर्न सैद्धान्तिक सहमति भई त्रिपक्षिय सम्झौताको लागि प्रकृया अगाडि बढाउने सहमति भएको छ ।

भ्रमणकै समयमा भारतका प्रधानमन्त्रीले नेपालबाट दश वर्षमा १० हजार मेगावाट बिजुली खरिद गर्ने लक्ष्य रहेको बताएका थिए । यससँग सम्बन्धित उर्जा व्यापार सम्झौता दुबै देशका सचिवस्तरमा सम्पन्न भएको छ । साथै इप्पानले प्रधानमन्त्रीको यसपटकको भ्रमणलाई आर्थिक कुटनीतिमा केन्द्रित गरि उर्जा व्यापारको लागि महत्वपुर्ण पहल गरेकोमा धन्यवाद दिएको छ ।

प्रधानमन्त्रीको भारत भ्रमणपछि उर्जा क्षेत्रमा सकारात्मक सञ्ंचार भएर लगानीको वातावरण बनेको महसुस भएकाले विगत केहि वर्षदेखि रोकिएर रहेका करिब १० हजार ५०० मेगावाट क्षमता भन्दा बढीका आयोजनाहरुको विद्युत् खरिद बिक्री तत्काल खुलाउनको माग गरेको छ । इप्पानले प्रधानमन्त्री मार्फत् उर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणलाई विशेष निर्देशन दिन माग गरेको हो ।

इप्पानको २१ औं वार्षिक साधारण सभा प्रधानमन्त्रीले उद्घाटन गर्ने

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल .(इप्पान) को २१ औं वार्षिक साधारण सभा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने भएका छन् । जेठ ३२ गते बिहान ९ बजे हायात रिजेन्सी होटलमा आह्वान गरिएको साधारण सभाले नयाँ कार्यसमितिको चयन गर्नेछ ।

निर्वाचन प्रकृयामा भाग लिनको लागि जेठ २५ गते भित्र सदस्यता नवीकरण र नयाँ सदस्यता लिनसक्नुपर्ने कार्यतालिका छ । हालसम्म करिब १६५ आयोजनाहरुले नयाँ सदस्यता लिएको र १५० पुराना सदस्यहरु नवीकरण भैसकेको इप्पानले जनाएको छ ।

ऊर्जा उत्पादकहरुमा समयमै सदस्यता नवीकरण गर्न तथा नयाँ सदस्यता लिई संस्थाको साधारण सभामा भाग लिन इप्पानले सबैमा अनुरोध गरेको छ । सदस्यता लिने कामलाई सहज बनाउन कार्यसमितिको २०८० जेठ पहलिो साता सम्पन्न बैठकबाट आयोजनाहरुले सदस्यता आवेदनसँगै सदस्यता शुल्क जम्मा गर्नसक्ने निर्णय गरेको थियो ।

साधारणसभाको तयारीका लागि उपाध्यक्ष मोहनकुमार डाँगी संयोजक रहने गरी सचिव रामप्रसाद आचार्य र सदस्य प्रकाश दुलाल रहेको मूल तयारी समिति गठन गरेको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment