इन्टरनेट सेवा प्रदायक सीजी कम्युनिकेशनले ८ महिनामै कमायो ३२ करोड

२२ जेठ, काठमाडाैं । चौधरी ग्रुपको सीजी कम्युनिकेशनस प्रालिले चालु आवको ८ महिनामा ३२ करोड २० लाख सञ्चालन आम्दानी गरेको छ ।

सन् २०२१ देखि इन्टरनेट सेवा ‘सीजीनेट’ को सुरुवात गरेको कम्पनीले आर्थिक वर्ष २०२२/२३ मा १५ करोड ७० लाख सञ्चालन आम्दानी गरेको थियो । तर पछिल्लो समयमा सीजीनेटका प्रयोगकर्ता बढेसँगै कम्पनीले आव २०२३/२४ को आठ महिनामा नै कम्पनीको कारोबार १०५ प्रतिशतले बढेको हो ।

कम्पनीको कारोबारमा भएको वृद्धिसँगै कम्पनीको वित्तीय सूचांकमा पनि सकरात्मक सुधार आएको छ । ह्रासकट्टी, अर्मोटाइजेसन, ब्याज, कर, भाडा सहितको कम्पनीको नाफा चालु आवको ८ महिनामा कुल सञ्चालन आम्दानीको २४ प्रतिशत रहेको छ । जुन गत आवमा ऋणात्मक थियो ।

हाल सीजी कम्युनिकेशनले नेपालभरका १७ वटा जिल्लामा इन्टर सेवा प्रदान गर्दै आएको छ । इन्टरनेटका साथै कम्पनीले आइपीटिभीको सुविधा समेत दिदै आएको छ ।

कम्पनीले २ अर्ब ५० करोड बराबरको दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ । १५ करोड ६४ लाख बराबरको दीर्घकालीन कर्जाका लागि रेटिङ एजेन्सी इक्रानेपालले डबल बी माइन्स रेटिङ गरेको छ । यस्तै २ अर्ब ३४ करोड ३६ लाख बराबरको अल्पकालीन कर्जाका लागि इक्रानेपालले ए४ रेटिङ गरेको छ ।

कम्पनीको वित्तीय विवरण अनुसार कम्पनीले लिएको कर्जाको ब्याज भुक्तानी गर्न सक्ने क्षमता कुल ऋणको १.७७ गुणा रहेको छ । कम्पनीमा सीजी डिजिकमको ९२ प्रतिशत सेयर रहेको छ भने निर्वाण चौधरी कम्पनीका अध्यक्ष रहेका छन् ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment