काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा चारजना पक्राउ

२१ जेठ, काठमाडौं । दक्षिणकाली नगरपालिका–४, चाल्नाखेलबाट जुवातास खेलिरहेको अवस्थामा चारजना पक्राउ परेका छन् ।

सोही ठाउँ बस्ने ७२ वर्षीय रामशरण खत्री समेत चारजनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५२ हजार ३४५ रुपैयाँ, तास, पासा गोटी १६ थान, पासा डण्डी तीन थान र पासा खेल्न प्रयोग भएको कपडाको चारपाटे पासा बोर्ड एक थानसहित फेला पारी पक्राउ गरेको जनाइएको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment