सिन्धुली दुर्घटना अपडेट : कुरिनटारबाट थप गोताखोर जाँदै 

२० जेठ, काठमाडौं । सुनकोशी नदीमा गाडी खस्दा बेपत्ता भएका सीटीईभीटीका २ निर्देशकसहित ३ जनालाई खोज्न सशस्त्र प्रहरी बलले थप चार जना गोताखोर सहित सात जनाको टोली पठाएको छ।

सशस्त्र प्रहरी बल नेपाल बिपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट शनिबार सशस्त्र प्रहरी निरीक्षक सुवास थापाको कमाण्डमा ७ जनाको टोली सिन्धुलीको लागि प्रस्थान गरेको छ।

चार जना गोताखोर सहित सात जनाको टोली घटनास्थल पठाइएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

घुर्मी–खुर्कोट खण्डको सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ लौकुनबाट गाडी सुनकोशी नदीमा सीटीइभीटीका २ निर्देशक र एक अधिकृतस्तरका कर्मचारी वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) राजकुमार सिलवालले बताएका छन्। स्कर्पियो गाडीका चालक भने पौडिएर बाहिर निस्केका छन्। बाँकी ३ जना भने अहिलेसम्म वेपत्ता छन्।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment