सुनकोशी नदीमा गाडी खस्यो, सीटीईभीटीका २ निर्देशकसहित ३ जना बेपत्ता

१९ जेठ, काठमाडौं । मध्यपहाडी लोकमार्गमा पर्ने सुनकोशी नदीमा गाडी खसेको छ। गाडीमा सवार ३ जना बेपत्ता भएका छन्।

घुर्मी–खुर्कोट खण्डको सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ लौकुनबाट गाडी नदिमा खसेको सिन्धुलीका एसपी राजकुमार सिलवालले जानकारी दिए।

गाडीमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का २ निर्देशकसहित ३ जना तथा गाडी चालक समेत गरी ४ जना सवार थिए। उनीहरुमध्ये गाडी चालक भने पौडिएर बाहिर निस्केको र निर्देशकसहित ३ जना बेपत्ता भएको एसपी सिलवालले जानकारी दिए।

उनीहरु सरकारी गाडीमा खोटाङ जान हिँडेका बताइएको छ। अहिले उनीहरुको खोजी भइरहेको छ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment