साउदी अरबका लागि इटालीले लियो हतियार सम्बन्धी महत्त्वपूर्ण निर्णय

१८ जेठ, एजेन्सी। इटालीले साउदी अरबलाई हतियार बिक्रीमा लगाइएको प्रतिबन्ध हटाउने निर्णय गरेको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकपछि इटाली सरकारले विज्ञप्ति जारी गरेर यसबारे जानकारी दिएको हो ।

इटालीले सन् २०१९ र २०२० मा साउदी अरबलाई सैन्य हतियार बेच्न प्रतिबन्ध लगाएको थियो । इटालीलाई डर थियो कि यसको प्रयोग यमन सङ्कटका बेला प्रयोग हुन सक्छ ।

इटाली सरकारले जारी गरेको विज्ञप्तिमा साउदी अरबको हालैको शान्ति प्रयासलाई ध्यानमा राखेर यो निर्णय गरिएको बताइएको छ ।

यमनमा, इरान–समर्थित हुती विद्रोहीहरूले सन् २०१४ मा राजधानी सानाबाट सरकारलाई हटाएको थियो, त्यसपछि साउदी अरब समर्थित सैन्य गठबन्धनले सन् २०१५ देखि सरकार पुनर्स्थापना गर्ने प्रयास गरिरहेको छ ।

साउदी अरब र इरानबीच कूटनीतिक सम्बन्ध स्थापना भएपछि शान्ति प्रक्रिया सुरु हुन सकेको छ ।

इटालीले साउदी अरब बारे आफ्नो निर्णय युनाइटेड अरब इमिरेट्स (युएई) मा हतियार प्रतिबन्ध फुकुवा गरेको गत महिना भएको निर्णयसँग मिल्दोजुल्दो रहेको जनाएको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment