गुणस्तर कार्यालयका वरिष्ठ निरीक्षकविरुद्ध साढे ४ करोडको भ्रष्टाचार मुद्दा

१६ जेठ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय, बीरगञ्जका बरिष्ठ निरीक्षक शशीभूषण कुमार यादविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सरकारी सेवामा प्रवेश गरेपछि उनको वैध आम्दानी २ करोड ७७ लाख २२ हजार ५० रुपैयाँ हुनेमा उनको आम्दानी ७ करोड २४ लाख ५६ हजार २६३ रुपैयाँ देखिएको अख्तियारले जनाएको छ ।

उनको स्रोत नखुलेको रकम ४ करोड ४७ लाख ३४ हजार २१२ रुपैयाँ देखिएको र उक्त रकम सार्वजनिक पदको दुरुपयोग गरेर आर्जन गरेको पाइएकाले भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए । २०४६ जेठ ८ गते सरकारी सेवामा प्रवेश गरेका उनले २०७९ सालसम्ममा ७ करोड २४ लाख ५६ हजार रुपैयाँ आम्दानी गरेका थिए ।

यादवले गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको सम्पत्तिबाट श्रीमती रीता रानी, छोराहरु विकास यादव र अविनास यादवको नाममा जग्गा खरिद गरेको, घर निर्माण गरेको र बैंक मौज्दात राखेको पाइएको अख्तियारको भनाइ छ ।

अख्तियारले ती सबै घरजग्गा र बैंक मौज्दातबाट विगो जफत गर्न माग गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment