बजेटले बढायो सुनको भाउ

१६ जेठ, काठमाडाैं । सरकारले भन्सार दर बढाएसँगै सुनको भाउमा वृद्धि भएको छ । लगातार ५ दिन गिरावट आएको सुनको भाउ भन्सार दर बढेलगतै मंगलबार बढेको हो ।

मंगलबारको लागि छापावाला सुनको भाउ आज १ लाख १० हजार ५ सय रुपैयाँ निर्धारण गरिएको छ । अघिल्लो दिनको तुलनामा सुनको भाउ २ हजार ४ सय रुपैयाँले वृद्धि भएको हो ।

सरकारले आर्थिक ऐन २०८० मार्फत सुनको भन्सार दर बढाएको छ । यसअघि व्यवासयीहरुले प्रति दश ग्राममा ८ हजार ५ सय रुपैयाँ भन्सार दर तिर्दै आएकोमा अब १२ हजार ७५० रुपैयाँ तिर्नुपर्ने भएको छ । सुनको भन्सारदर ४ हजार २५० रुपैयाँले बढाएको हो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटेपनि भन्सार दर बढ्दा सुनको भाउमा वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए । यता तेजावी सुनको भाउ आज १ लाख १० हजार रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो तेजावी सुन १ लाख ७ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको थियो ।

यता चाँदीको भाउ पनि हिजोको तुलनामा १५ रुपैयाँले बढेको छ । हिजो १३ सय ६० रुपैयाँ कायम भएको चाँदी आज १३ सय ७५ रुपैयाँ कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ९३९ दशमलव ८६ पैसामा कारोबार भइरहेको छ भने चाँदी २३ रुपैयाँ ०२ पैसामा कारोबार भइरहेको छ ।

यसैबिच सरकारले विदेशबाट फर्किएका पुरूषले ल्याउने वा लगाउने सुनमा २५ ग्राम भन्दा बढी भएमा कर तिर्नु पर्ने व्यवस्था गरेको छ । महिलाको हकमा भने ५० ग्रामसम्म सुन ल्याउदा वा लगाउँदा कर तिर्नु नपर्ने नीति आर्थिक विधेयकले लिएको छ । विगतमा विदेशबाट फर्कने यात्रुले ५० ग्राम भन्दा माथि सुन ल्याउदा मात्र कर तिर्नुपर्ने व्यवस्था थियो ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment