संसद भवन उद्घाटन समारोहमा सेंगोलको सामुन्ने लम्पसार मोदी

१४ जेठ, काठमाडौं । भारतमा संसदको नवनिर्मित भवनको उद्घाटन भएको छ । भव्य समारोहबीच प्रधानमन्त्री नरेन्द्र मोदीले संसद भवनको उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहमा मोदीले लम्पसार परेर सेंगोल अर्थात संसद भवनमा राखिने दण्डलाई ढोगेका छन् । मोदीले सेंगोललाई नयाँ संसद भवनमा लगेर लोक सभाका अध्यक्षको आसनको दायाँतर्फ स्थापित गरेका छन् ।

उनले संसद भवन एउटा भवन मात्र नभइ १४० करोड भारतीयको आकांक्षाको प्रतिबिम्ब र लोकतन्त्रको मन्दिर भएको बताएका भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

‘यो भवन हाम्रा स्वतन्त्रता सेनानीको सपना साकार पार्ने साधन बन्ने छ,’ मोदीले थपे, ‘यो नयाँ भवन आत्मनिर्भर भारतको सूर्योदयको साक्षी बन्ने छ ।’



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment