सिड्नीको एक अपार्टमेन्टमा भीषण आगलागी

१३ जेठ, मेलबर्न अष्ट्रेलिया । सिड्नीको एक अपार्टमेन्टमा भीषण आगलागी भएको छ । आगलागीका कारण एक अपार्टमेन्टमा ठूलो क्षति भएको समाचार संस्था नाइन न्यूजले जनाएको छ।

बिहीबार दिउँसो लागेको आगोका कारण सिड्नीको सेन्ट्रल स्टेसन नजिकै रान्डल लेनमा रहेको भवनमा ठूलो क्षति पुगेको छ। सँगैको अग्लो अपार्टमेन्ट ब्लकहरू आगोमा फैलिन सक्ने त्रासका बीचमा कम्तिमा १० दमकल प्रयोग गरेर आगो नियन्त्रण लिने प्रयास भइरहेको छ।

उक्त भवनबाट ५० जनालाई सकुसल उद्धार गरिएको जनाइएको छ। घटनास्थलमा प्रत्यक्षदर्शीहरूले लगातार टुटफुटको आवाज सुनेको बताएका छन्।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment